गर्भवती महिलाले जितिन कोरोना

गर्भवती महिलाले जितिन कोरोना

चितवन : गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो। 

कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनः स्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उनले जानकारी दिए। भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताए। 

यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उहाँलाई भरतपुर अस्पताल पठाइएको थियो। उनी गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो। दुई पटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिए।  उनी र उनका श्रीमान् भरतपुर महानगरपालिका-१२ मा बस्दै आएका थिए। उनीहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.