कोरोनासम्बन्धी चेतनामूलक सन्देश सुनाउँदै ‘ड्रोन’

कोरोनासम्बन्धी चेतनामूलक सन्देश सुनाउँदै ‘ड्रोन’

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ क्षेत्रमा ड्रोन प्रयोग गरेर सर्वसाधारणलाई लकडाउनको पालना गर्न आग्रह गरिएको छ । ड्रोनमा हाते माइक जडान गरेर मध्यपुर थिमि नपा वडा नं. १ भित्र उडाइएको हो ।

ड्रोनमार्फत सर्वसाधारणलाई लकडाउनको पालना र कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायबारे जनचेतनामूलक सन्देशसहितको माइकिङ गरिएको मध्यपुर थिमि नपा वडा नं. १ का अध्यक्ष सुरज खड्काले जानकारी दिए । सरकारले लकडाउन घोषणा गरे पनि सर्वसाधारण घरबाहिर आउन थालेपछि उनीहरुलाई सचेत गर्न ड्रोन प्रयोग गरिएको उनले स्पष्ट पारे ।

‘सबै ठाउँमा जनप्रतिनिधि, स्वयंसेवक र सुरक्षाकर्मी जान सकिँदैन’, वडा अध्यक्ष खड्काले भने, ‘फेरि सबै सूचना र जानकारीमूलक सन्देशमा सर्वसाधारण सबैको पहुँच हुँदैन । त्यसैले ड्रोनको प्रयोग गरेर लकडाउनको पालना गर्न र कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायबारे माइकिङ गरेका हौं ।’

उनका अनुसार हाते माइकसहितको करिब आठ केजी तौल भएको ड्रोनले एकपटकमा करिब आधा घन्टा मध्यपुर थिमि नपाको १ वडा क्षेत्रभित्र सर्वसाधारणको घरमाथि फन्को मार्छ । एकपटकले नपुगेको ठाउँमा दोहोर्‍याएर ड्रोन उडाइँदै आएको उनको भनाइ थियो ।

तर उक्त ड्रोन भने मध्यपुर थिमि नपा तथा वडा कार्यालयले व्यवस्था गरेको होइन । ललितपुरको कुपन्डोलस्थित पोकुरा इनोभेसन्स प्रालिले उक्त ड्रोनको व्यवस्था गरेको वडा अध्यक्ष खड्का बताउँछन् ।‘ड्रोन उडाउन लाग्ने सम्पूर्ण खर्च पोकुरा इनोभेसन्सले नै व्यहोर्दै आएको छ’, उनले थपे, ‘अहिले दैनिक चार घन्टा ड्रोन उडाउँदै आएका छौं ।’

उनका अनुसार ड्रोन उडाउन करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पोकुरा इनोभेसन्सका गोकर्णजङ्ग थापाको नेतृत्वमा इञ्जिनियरहरु राम खनाल, सुशील खड्का र साजन अमात्यको टोलीले उक्त ड्रोन अपरेट गर्दै आएको छ ।‘ड्रोनमार्फत जनचेतना फैलाउँदा जनप्रतिनिधि, स्वयंसेवक र कर्मचारीहरु घरघर तथा टोलटोलमा गइरहन परेन’, पोकुराका टोली संयोजक थापा भन्छन्, ‘कोरोना भाइरस संक्रमण हुन तथा फैलन नदिन पनि ड्रोन सुरक्षित प्रविधि हो ।’

उनका अनुसार ड्रोनले बोक्ने हाते माइकले कोरोनाले पार्नसक्ने असर, यसबाट बच्ने उपाय, लकडाउनको पालना र संक्रमित आउनसक्ने जरुरी सूचनासहितको अडियो सन्देश प्रवाह गर्दै आएको छ । लकडाउनको समयमा अति आवश्यक कामबाहेक पनि सर्वसाधरण घरबाहिर निस्कने क्रम रोकिएको छेन । घर बाहिर निस्केर जहाँतहीं हिँडडुल गर्ने र तोकिएको समयमा बाहेकको अन्य समयमा पनि पसलहरु खोल्ने क्रियाकलाप बढेकाले त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले ड्रोनको प्रयोग गरिएको वडाध्यक्ष खड्काले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.