दाङका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
दाङ : दाङमा दुईजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आइतबार दाङमा पोजिटिभ देखिएका ९ जना मध्ये दुईजना स्वास्थ्यकर्मी हुन्। गढवा गाउँपालिकाको क्यारेन्टाइनमा खटिएका दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
‘उहाँहरु सुरुदेखि नै कार्यस्थलमा खटिनु भएको थियो’, गाउँपालिकाका कार्यकारी अधिकृत लालबहादुर योगीले भने, ‘अहिले कोरोना पोजिटिभ देखिएको छ।’
गाउँपालिकाले उनीहरुलाई क्वारेन्टाइको पूर्ण जिम्मा दिएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पीसीआर परीक्षणमा स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना संक्रमण देखिएको हो।
दुईजना क्वारेन्टाइनमा बसेका र दुईा स्वास्थ्यकर्मी रहेको प्रमुख प्रशासकीय अधिकृत योगीले बताए। कोरोना संक्रमति स्वास्थयकर्मीले आफूहरु लामो समय क्यारेन्टाइनमा बसेको र दाङका पहिलो संक्रमित पनि गढवामै देखिएको हुँदा आफूहरुमा पनि संक्रमण भएको बताए।
आइतबार मात्रै दाङमा नौ जना कोरोना संक्रमित थपिएका छन्। तुलसीपुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका ८ का एकजना र लमही नगरपालिकाका १ का ४० वर्षीय १ जनामा कोरोना पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
त्यसै गरि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का १ जना २० वर्षीय पुरुष, वडा नम्बर १५ का १ जना ३२ वर्षीय पुरुष, र वडा नम्बर १६ का ३ जना १८, २०, २३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलास देवले जानकारी दिए।
योसँगै दाङमा संक्रमितको संख्या ३४ पुगेको छ। ३४ जनामा ३२ जना भारतबाट आएका र २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो। आइतबार भेटिएका सबै संक्रमितलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको आइसोलेसन कक्षमा राखिएको छ। अस्पतालमा ४९ जना सक्तमतिको उपचार भइरहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !