फौजी किरा नियन्त्रण गर्न दैनिक ६ सय भत्ता दिएर युवा परिचालन

फौजी किरा नियन्त्रण गर्न दैनिक ६ सय भत्ता दिएर युवा परिचालन

दैलेख : दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ। बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो।

आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक रु ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिए। 'किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ' उनले भने। नगरपालिकाले सबै वडामा रोगसँग भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ। 

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ। यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ।

 
सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले गत वर्षदेखि ८० प्रतिशत जति क्षति पु¥याउँदै आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो। विगत दुई–तीन वर्षदेखि यो किराको आक्रमणले उत्पादनमा ह्रास आइरहेको उनले बताए। 'यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौँ', उहाँले भन्नुभयो। यस्तो अभियान स्थानीय तहका रूपमा नगरपालिकाले प्रदेशमै पहिलोपटक थालेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.