कोरोना विशेष अस्पतालको माग गर्दै प्रदर्शन
कपिलवस्तु : कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन माग गर्दै स्थानीय युवाले प्रदर्शन गरेका छन् ।
अस्पताल गेट अगाडी जम्मा भएका तौलिहवाका अगुवा युवाले कपिलवस्तु अस्पतालको क्षमता वृद्धि गरी कोरोना विशेष अस्पतालको रुपमा विकास गर्न माग गरेका छन् ।
नेपालमै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित कपिलवस्तु जिल्लामा भेटिएको हुँदा संक्रमितको सघन उपचारको व्यवस्था मिलाउन जिल्लामै कोरोना विशेष अस्पताल बनाउन प्रदेश सरकार तथा केन्द्र सरकारसँग आफूहरुको माग गरेको कपिलवस्तु नगरपालिका १ का अगुवा युवा दिनेश हमालले बताए ।
युवाहरुले अस्पताल गेट अगाडि १ घण्टा धर्ना तथा प्रदर्शन गरेका थिए । हाल १५ वेड संचालमा रहेको कपिलवस्तु अस्पतालमा ५५ वेडसहित व्यवस्थित रुपमा अस्पताल संचालन गर्ने भौतिक पूर्वाधार बनिसकेका कारण कोरोनाको यो महामारीमा कपिलवस्तु अस्पताललाई नै कोरोना अस्पताल बनाउनु पर्ने युवाहरुले माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !