रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं : ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए। 

सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने भएको हो। 

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम (पश्चिम) घटनाको निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको गठन गर्न पुन : माग गरेको थियो। बैठकमा समय माग गरेर कांग्रेस सचेतक पुष्पा भुसालले घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताए।

 
 घटनाको अनुसन्धानलाई सरकारका तर्फबाट प्रभावित बनाउने र हल्का बनाउने ढङ्गबाट राज्यको अभिव्यक्ति आएको आरोप लगाउँदै उनले भनिन्,'घटनामा अपराध मात्र भएको छैन, मानावताविरुद्धको गम्भीर अपराध भएको छ, जातीय विभेद अन्त्य गर्न कानून बनायौँ तर यस घटनाले परिवर्तनकामी समुदायमा अन्याय गरेको छ।' यही जेठ १० गते जाजरकोट र रुकुम(पश्चिम)का स्थानीयवासीबीच विवाद हुँदा उक्त घटना भएको थियो।
 
बैठकमा सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले केही दिनअघि सदनमा सांसद गंगा चौधरीले दिएको वक्तव्यले आफूहरुको अपमान भएको जनाउँदै चौधरीले माफी माग्नुपर्ने बताइन्। बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.