भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन : भरतपुर अस्पतालको कोभिड आइसियुमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा कोरोना नभएको प्रयोगशालाका वरिष्ठ टेक्नोलोजिष्ट दिपक सुवेदीले जानकारी दिए । 

मृत्यु हुने २७ वर्षीय  युवा भारतबाट आएका थिए । उनी माडीमा क्वारेन्टाइनमा बसेका थिए ।  ज्वरो आएपछि शुक्रवार भरतपुर अस्पताल लगिएको थियो । 
शनिबार बिहान ज्वोरोका कारण निधन भएपछि  कोरोना संक्रमणको  शंका गरिएको थियो । 

'मृत्यु हुनुअघि युवा कामेका थिए । छारे रोगजस्तै कामेका थिए ’, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा श्रीराम तिवारीले भने, ‘ज्वरो आएकोले कोरोनाको शंका गरे पनि त्यो नभएको पुष्टि भएको छ। ’  

उनी दुई साताअघि मात्रै नेपाल आएका थिए । ढाडको हड्डी भाँच्चिएको र खुट्टा नचल्ने समस्याले भारतमा उपचार गराउन गएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.