स्याङ्जामा थप १४ जनामा कोरोना पुष्टि

स्याङ्जामा थप १४ जनामा कोरोना पुष्टि

स्याङ्जा : स्याङ्जामा आइतबार १४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ। संक्रमित सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका हुन्। संक्रमितमध्ये वालिङका १३ र भरिकोट नगरपालिकाका १ पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए। 

उनीहरुमध्ये ६जना १३ गते र ४ जना १४ गते वालिङआएकाथिए। यसैगरी १८ जनालाई जेठ १५ गते नगरपालिकाको व्यवस्थापनमा वालिङ ल्याईएको थियो। तीनपटकका गरी २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब पोखरा पठाइएकोमा १३जनाको पोजिटिभआएको छ। अन्य १५जनाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए

संक्रमितमध्ये वालिङको २७, १८, २७,२१, ४६ ,४९, ३४, ५२, २५, ३७, ३१, ३८, २९ र भरिकोटका उक ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। उनीहरु सबै पुरुष हुन्।  पिसिआर रिर्पोट अनुसार वालिङमा २६, चापाकोटमा ४, गलयाङमा २ र भरिकोट नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने हरनिासमा २, विरुवामा १ र काली गण्डकी गााउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ। 

यसैगरी पुतली बजारमा पनि १ जनामा संक्रमण आरडिटी पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।  कोरोना संक्रमण देखिएकालाई भरिकोट १स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखि उपचार गरिने भएको छ। यस अघिका संक्रमित ६ जना जिल्ला अस्पतालको आइसोलेसन र अन्य ३१ जना कालिका अस्पतालको आइसोलेसनमा रहने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.