गुल्मीमा एचपीभी खोप अभियानको शुभारम्भ, ११ हजार ४ सय ८८ किशोरीलाई खोप लगाइँदै

गुल्मीमा एचपीभी खोप अभियानको शुभारम्भ, ११ हजार ४ सय ८८ किशोरीलाई खोप लगाइँदै
तस्बिर : अन्नपूर्ण

गुल्मी : महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान मंगलबारदेखि गुल्मीमा पनि सुरू गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको खोप केन्द्रबाट जिल्ला खोप समन्वय समितिका संयोजक द्रोण बहादुर खत्रीले स्वास्थ्यकर्मीलाई खोप सामग्री  हस्तान्तरण गरी खोपको अभियानको शुभारम्भ गरेका हुन् ।

रेसुङ्गाका उपमेयर अमृतादेवी कुँवर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थामेश्वर घिमिरे, रेसुङ्गा स्वास्थ्य शाखा प्रमुख पिताम्बर पन्थीलगायतका सरोकारवालाहरुको सहभागिता जिल्लाभर खोपको शुभारम्भ हो । 

जिल्ला समन्वय समिति प्रमुख खत्रीले पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियानलाई सफल बनाउन सबैको सहभागिता महत्वपूर्ण रहेको बताए । लक्षित समूहसम्म खोप अभियानलाई पुर्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी यस अभियानमा लक्षित किशोरीहरू छुट्न नहुने बताए । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त यो खोप प्रभावकारी र सुरक्षित रहेकाले सरकारले देशभर एचपिभी खोप सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनले यो अभियानमा २ नगरपालिका र १० गाउँपालिका भित्रका विद्यालयका किशोरीसंगै लक्षित समूहका बाहिर रहेका कोहीपनि बञ्चित नहुने गरी खोप केन्द्रबाट खोप लगाउन आग्रह गरेका छन् । 

null

क्यान्सर विरुद्धको एचपीभी खोप अभियानलाई सफल बनाउन गुल्मी दरबारगाउँपालिका -४ स्थित रुन्खादह माध्यमिक विद्यालयका किशोरीले कलात्मक रुपमा बनाएको आर्कषक फोटो । तस्बिर : मनोज कार्की

एचपीभी खोप महिलाहरूको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने भएकाले पनि लक्षित समूहका किशोरीका लागि आवश्यक रहेको रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले बताइन् । यो अभियानलाई सफल बनाउन सबै तहले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । गुल्मीमा यस खोप अभियानलाई सफल पार्नका लागि सबैले आफ्नो ठाउँबाट पहल कदमी उठाउनु पर्ने बताइन । 

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन पशुपति आचार्यले गुल्मीमा ११ हजार ४ सय ८८ जना किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिए । उनले यो वर्ष जिल्लाका १२ वटा स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी लगाइने बताए । किशोरीलाई खोप लगाउनका लागि जिल्लाभर ३ सय ९२ खोप केन्द्र तोकिएको छ । पछिल्लो समय पाठेघरको क्यान्सरका कारण कयौं महिलाको ज्यान गइरहेकाले त्यसको रोकथामका लागि यो खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न थप मदत पुग्ने बताए । 

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार विद्यालय बाहिर रहेका किशोरीलाई पहिचान गरेर यस अभियानमा जोडिने छ । विश्वका ५० भन्दा बढि देशमा यो खोप लगाएको र त्यहाँ खोपका कारण कुनै समस्या नदेखिएकाले ढुक्कका साथ खोप लगाउन उनले आग्रह गरेका छन् । अहिले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको खोप अभियान सबैभन्दा ठूलो मानिएको छ । स्वास्थ्य कार्यालय गुल्मीले माघ २ गतेदेखि ९ गतेसम्म जिल्लाका स्वास्थ्यकर्मी र स्थानीय तहका स्वास्थ्य संयोजकका लागि तालिम प्रदान गरिसकेको छ । 

देशभरका करिब १७ लाख किशोरीहरुलाई यो खोप लगाउने सरकारले लक्ष्य लिइएको छ । एक पटक लगाए हुने यो खोप ९८ प्रतिशत काम गर्ने बताइएको छ । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ ।  जिल्लामा रहेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीको नामावली स्वास्थ्य संस्थाले सङ्कलन गरेर यो अभियान शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.