भेटिएन कोरोना संक्रमितको शव दाहसंस्कार गर्ने ठाउँ

भेटिएन कोरोना संक्रमितको शव दाहसंस्कार गर्ने ठाउँ

पोखरा : यसै पनि मिर्गाैला रोगले गाँजेको थियो उनको शरीर । सबैभन्दा बढी मिर्गाैलाकै समस्या थियो । त्यसमाथि उनको शरीरले मधुमेह, उच्चरक्तचाप र रक्तअल्पताजस्ता रोगसँग लडिरहेकै थियो ।

भारतमा मजदुरी गर्दागर्दै लकडाउनले रोजगारी खोसिएपछि घर फर्किए । सीमा नाका सुनौली आएपछि आफ्नै नगरपालिका स्याङ्जा वालिङले ल्याइपु¥यायो । तर क्वारेन्टिनमा बस्दा झनै समस्या भयो । उपचारका लागि २२ जेठमा पोखरा ल्याइयो ।

कोरोना भाइरस रोग लागेको पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गर्दागर्दै २५ गते आइतबार राति उनको मृत्यु भयो । बाँच्दा पनि रोगसँग लडिरहेका उनको मृत शरीरले मृत्युको अर्काे दिनभर सुख पाएन । उनको अन्तिम संस्कारका लागि पनि ठूलै सास्ती आइलाग्यो । आइतबार राति ११ बजेपछि मृत्यु भएका ५८ वर्षीय ती पुरुषको सोमबार साँझसम्म शव व्यवस्थापनको टुंगो लाग्न मुस्किल प¥यो ।

प्रदेश सरकारले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार शव गाड्न पोखरा महानगरपालिकाका धेरै ठाउँ खोजिए पनि स्थानीयको विरोध भयो । पोखरा ११ र २० मा सेती नदी किनारमा गाड्न खाल्डो खनिसकेपछि पनि स्थानीयले विरोध गरेपछि प्रहरी परिचालन गर्नुप¥यो ।

संक्रमितको शव एकातिर अस्पतालमै हुँदा त्यहाँ उपचार गराइरहेका अरुमा सन्त्रास फैलियो । परिवारजनलाई त्यसभन्दा ठूलो तनाव सिर्जना भयो । शव व्यवस्थापन गर्न नसक्दा स्थानीय प्रशासनले आलोचना खेप्यो । पोखरा २० भलाम र पोखरा ११ फूलबारीका स्थानीयले सेती नदी किनारम शव गाड्न अवरोध गरेपछि प्रहरीले ८ जनालाई पक्राउ नै ग¥यो ।

भीड तितरवितर पा¥यो र साँझ ६ बजेपछि मात्रै गाड्यो । नदी किनारमा खाल्डो खनेर शव गाडिएको जानकारी कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जनाए । गण्डकी प्रदेश सरकारले चैत २५ गते नै कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि बनाएको थियो । कार्यविधि अनुसारै शव व्यवस्थापनका लागि स्थानीय तह पोखरा महानगरपालिकाले ठाउँ पहिचान गरेको थियो । उसले पहिचान गरेकै ठाउँमा स्थानीयले अवरोध गरेका हुन् ।

आफूहरुले दाहसंस्कार गर्ने ठाउँमा संक्रमितको शव नगाड्न भलाम र फूलबारीका बासिन्दाले माग गरेका थिए । अन्तिम संस्कारका लागि समेत सास्ती खेपेका ती व्यक्तिका श्रीमती र छोरीहरु पोखराकै क्वारेन्टाइनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.