भारतसँग तत्काल वार्ता हुन्छ : प्रधानमन्त्री

भारतसँग तत्काल वार्ता हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको विषयमा एउटा अध्याय पूरा भएको र अर्को अध्यायका लागि भारतसँग वार्ता हुने बताएका छन्। नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएलगत्तै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले तत्काल भारतसँग दुईपक्षीय वार्ता सुरु गरिने र त्यसबाट आफ्नो भूमि पूर्णरूपमा फिर्ता लिने बचन दिएका हुन्।

प्रधानमन्त्री ओलीले संसद्बाट फर्कने क्रममा भने, ‘राष्ट्रियताको पक्षमा मुलुक एकजुट हुनु राम्रो र सुखद सन्देश हो। भारतसँग तत्काल वार्ता हुन्छ।’

‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो एकता देखिएको छ। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ’, प्रधानमन्त्रीले भने, ‘अब छिट्टै वार्ता हुनेछ। वार्ता प्रक्रिया अगाडि बढ्छ।’

हाम्रो असहमति छ : भारत

नयाँ नक्सालाई निसान छापमा समेट्न नेपालको संसद्ले शनिबार गरेको संविधान संशोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ।

नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने आपसी समझदारीको उल्लघंन गरेको दाबी भारतको छ। उक्त घटनालाई निकै गम्भीर र चासोको रूपमा लिएको भारतले जनाएको छ। संविधान संशोधन भएको केही बेरमा नै भारतीय विदेश मन्त्रालयले यस्तो धारणा बाहिर ल्याएको हो। ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक नेपालको संसद्ले पारित गरेको घटनालाई हामीले चासोका साथ हेरेका छौं’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले दुई मुलुकबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ।’

नेपालले कृत्रिम तरिकाले भूभागको विस्तारको नक्सा जारी गरेको भारतीय दाबी छ। ‘ऐतिहासिक तथ्य र प्रमाणबिना कृत्रिम तरिकाले भूभागको विस्तार गर्नु मान्य छैन’, विज्ञप्तिमा भनिएको छ। सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडानलाई भारतले दोहोर्‍याएको छ। भारतले नेपालसँगको सीमा विवाद विदेशसचिव स्तरीय बैठक मार्फत अघि बढाउने भन्दै कोभिड १९ को प्रकोपसम्म अडिन भनेको थियो। आफूहरू वार्तामा आउने तर नेपाल त्यसका लागि सकारात्मक र रचनात्मक हुनुपर्ने भारतीय धारणा थियो।

भारतीय सेना प्रमुख नरम

यसैबीच शनिबार नै भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपालर भारतबीचको सम्बन्ध आफैंमा घनिष्ठ र विशेष रहेको बताएका छन्। नेपाली सेनाका समेत मानर्थ जनरल समेत रहेका उनले नेपाल कसैको इसारामा भारतको त्यस भूभागबारे बोलेको विवादस्पत धारणा सार्वजनिक गरेको झण्डै एक महिनापछि उनले यस्तो अभिब्यक्ति दिएका हुन्।

उनले यसअघि दिएको अभिव्यक्ति अहिले सच्चिएको देखिन्छ। नेपालसँग भारतको घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने ठोकुवा उनले गरेका छन्। देहरादुनस्थित भारतीय सैनिक एकेडेमीको एक कार्यक्रममा नेपाल र भारतबीचको सीमा विवादबारे सोधिएको जिज्ञासामा स्थल सेनाप्रमुख नरवणेले त्यस्तो धारणा ब्यक्त गरेका हुन्। ‘नेपाल र भारतबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्कको साथै अझ बलियो सम्पर्क जनस्तरमा रहेको छ’ उनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेको छन्, ‘यो सम्पर्क थप बलियो बनाएर लैजान पर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.