झुन्डिएको अवस्थामा भेटिएकी युवतीको पीसीआर रिपोर्ट पोजिटिभ
सुर्खेत : सुर्खेतमा झुन्डिएको अवस्थामा भेटिएकी युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। युवतीको मृत्युपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
सुर्खेतको सिम्ता गाउँपालिका ८ घर भएकी २५ वर्षीया युवतीको शव असार १ गते झुन्डिएको अवस्थामा भेटिएको थियो। पोस्टमार्टम गर्नु अघि भएको पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको डा. तिवारीको भनाइ छ।
मृतक युवती जेठ १२ गते भारतबाट श्रीमान र तीन वर्षकी छोरीसहित नेपाल फर्किएकी हुन्। १४ दिन क्वारेन्टाइनमा बस्दा भएको आरडीटी परीक्षणामा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो।
मृतक युवतीको शव अहिले मेहलकुना अस्पतालमा राखिएको छ। शवको व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !