दाङमा ११ जनामा कोरोना संक्रमण
दाङ : आइतबार दाङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि दाङमा २५६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार ११ जना थपिएपछि दाङमा संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टाइनमा रहेका ५ जनाका पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । तुलसीपुर उपमहानगरपालिका १३, १६ र १८ का पाँच जना पुरुषमा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाले जनाएको छ ।
गढवा गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको छ । गढवा गउँपालिका वडा नं १, २ र ५ का तीन जनामा कोराना संक्रमण पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं १ र ३ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !