रिपोर्टमा पोजिटिभ, बिरामीमा छैन कोरोना लक्षण

रिपोर्टमा पोजिटिभ, बिरामीमा छैन कोरोना लक्षण

धरान : विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण जितेर दश दिनमै निको भएर बिरामी घर फर्कन थालेका छन् । वीपी काइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका कोरोना संक्रमित बिरामीको रिपोर्ट दश दिनमा नेगेटिभ आउन थालेको छ । 

कोराना संक्रमितको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनीहरु प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना हुने गरेका छन् । अस्पताल भर्ना भएर हप्तादिनसम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराएका उनीहरुको रिपोर्ट दश दिनमा नेगेटिभ आएपछि प्रतिष्ठानले डिस्चार्ज गरेको वीपी प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले बताए । 

उनले प्रतिष्ठानमा हालसम्म एक सय २८ कोरोना संक्रमित निको भएर घर फर्किको बताए । उनका अनुसार प्रतिष्ठानमा हाल ७१ जना कोरोना संक्रमित उपचारत छन् ।  प्रतिष्ठानमा हालसम्म ८ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका व्यक्ति प्रदेश १ का विभिन्न जिल्लाका रहेका छन् । 

कोरोना संक्रमण पोजिटिभ देखिएका बिरामीमा भने रोगको कुनै पनि लक्षण नदेखिने गरेको पाइएको छ । प्रतिष्ठानमा भर्ना भएका संक्रमितमा स्वाबको रिपोर्ट पोजिटिभ आएपनि  एक दुईबाहेक धेरैजसो बिरामीमा कोरोना रोगका कुनै पनि लक्षण देखा नपरेको प्रतिष्ठानको मेडिसन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताए।

उनले प्रतिष्ठानमा भर्ना भएका बिरामीलाई अक्जिसन दिने, ज्वरो कम गर्ने औषधि सेवन गराउने, स्लाइन पानी चढाउने र दैनिक सरसफाइ गर्न लगाउनेलगायतका उपचारका विधि प्रयोग गरिएको बताए । 

कुवेतबाट आएका दुई महिलामा कोरोना

कुवेतबाट धरान आएका दुई महिलामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जेठ २९ गते कुवेतबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुँदै धरान आएका उनीहरु धरानको एन्फा एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएका थिए । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाबको रिपोर्ट पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएपछि  उनीहरुलाई थप उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको धरान १७ का वडाअध्यक्ष सुर्य भट्टराईले बताए । कोरोना पोजिटिभ देखिनेमा धरान १७ की ३७ वर्षीया र धरान ७ की ४३ वर्षीया महिला हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.