दाङमा थप १९ जनामा कोरोना संक्रमण देखियो
दाङ : दाङका मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन्।योसहित दाङमा कोरोना संक्रमित हुनेको सख्या २९९ पुगेको छ । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बंगलाचुलीका १८ र लमहीका एकजनामा कोराना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा बंगलाचुली गाउँपालिका ३, ४, ५,८ नं वडाका १८ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित ११ देखि ४३ वर्षसम्मका रहेका छन्। त्यसै गरेर लमही नगरपालिका ६ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनी १७ वर्षका रहेका छन्।यसअघि दाङमा २ जना वडा अध्यक्ष, १३ जना स्वास्थ्यकर्मी, एकजना नेपाली सेनालाई कोरोना संक्रमण भइसकेको छ भने अन्य भारतमा मजदुरी गर्न गएका रहेका छन्।
प्रतिक्रिया दिनुहोस !