छायाँनाथ रारा नगरपालिकामा तालाबन्दी
मुगु : नगर कार्यापालिकाको बैठकबाट निर्णग नगरी छायाँनाथ रारा नगरपालिकाको आगमि आर्थिक वर्ष ०७७।०७८ का लागि नीति तथा कार्यक्रमको लागि संचालन गरिएको सातौं नगर सभा ऐन नियमविरुद्ध भएको भन्दै उपमेयर पक्षले नगरपालिका तालाबन्दी गरेका छन् ।
मेयर हरिजङ्ग शाहीले बुधबार तोएिको सातौं नगर सभा ऐन नियमविरुद्ध संचालन गरेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले नगर सभा स्थगित गर्न माग गरेका थिए । दुबै पक्षबीच सहमति नभएपछि मेयर हरिजङ्ग शाहीले सातौं नगर सभा उद्घाटन सत्र संचालन गरी नीति तथा कार्यक्रम पेश गरेका थिए । कार्यपालिकाको निर्णय नभइ बुधबार सुरु गरिएको नगर सभा ऐन कानुनु विरुद्ध भएको भन्दै उप मेयर पक्षले बिहबारदेखि अनिश्चवतकालका लागि तालाबन्दि गरेका हुन् ।
मेयर हरिजङ्ग शाही पक्षले भने सबै प्रक्रिया ऐन नियम अनुसार भएका कारण सातौं नगरसभा स्तगित नहुने भन्दै सातौं नगर सभाको उद्घाटन गरी आर्थिक वर्ष ०७७ ।०७८ को नीति कार्यक्रम पेश गरेको बताएका छन् ।
उपमेयर पक्षले नगरपालिकाको सबै शाखा तथा फाटमा तालाबन्दी गरेपछि असार मसान्तभित्र भुक्तानी गरि सक्नुपर्ने विकास निमार्ण काम ठप्प हुने देखिएका र शिक्षक कर्मचारी लगाएतको तलब निकासा लगाएतका अन्य काममा समेत प्रभाव पर्ने देखिएको नगरपालिकाका कर्मचारीले बताएका छन् ।
कार्यपालिका बैठकबाट निर्णय नगराइ सातौं अधिवेशन संचालन गरेको भन्दै अनिश्तिकालका लागि नगरपालिका तालाबन्दी गर्दै उपमेयर सुन्तला रोकाया पक्षका जनप्रनिधि । तस्बिर : जीवन सेजुवाल।
प्रतिक्रिया दिनुहोस !