एकै दिन ८० जना कोरोना जितेर घर फर्किए
![एकै दिन ८० जना कोरोना जितेर घर फर्किए](https://annapurnapost.prixacdn.net/media/albums/online-Annapurna-Image_20180528053038_7f3uYlE2FU.jpg)
रुकुम : कोरोना भाइरस जितेर सल्यानमा एकै दिन ८० जना घर फर्केका छन् । जिल्लाको बहुमुखी क्याम्पसको आइसोलेसनमा उपचार गराइरहेका ७८ र जिल्ला अस्पताल सल्यानबाट तीन जना कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढामगरले जानकारी दिए ।
योसँगै सल्यानमा कोरोना जित्नेको संख्या एक सय ५० पुगेको उनले बताए । बिहीबार कोरोना जितेर फर्किएका मध्ये बन्गाड कुपिण्डे नगरपालिका, बाग्चौर नगरपालिका, दार्मा, कपुरकोट त्रिवेणी र कालिमाटी गाउँपालिकाका रहेको डाक्टर बुढामगरले जनाए । उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दोसल्ला र टीका लगाएर घर पठाइएको छ ।
यसैबीच जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको डाक्टर बुढामगरले बताए । संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)