माथिल्लो तामाकोशी अन्तिम चरणमा

माथिल्लो तामाकोशी अन्तिम चरणमा

दोलखा : बहुचर्चित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बाइफोर्केसन र तेर्सो सुरुङमा पेनस्टक जडानको मात्र काम बाँकी छ।

आयोजनाको अर्को महत्वपूर्ण सुरुङको रूपमा रहेको ५० मिटर लम्बाइको बाइफोर्केसन पाइपको जडान कार्य अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए।

तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङलाई जोड्ने ३ दशमलव ७ मिटर स्लोप भएको सय मिटर लम्बाइको तेर्सो सुरुङमा पेनस्टक जडानको काम भने माथिल्लो ठाडो सुरुङको काम सम्पन्न भएपछि भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले नै गर्ने प्रवक्ता न्यौपानेले जनाए। बाइफोर्केसन तथा तेर्सो पेनस्टक पाइपको जडान सक्न करिब २ महिना सम्पन्न हुने आयोजनाले बताएको छ।

आयोजनाको पछिल्लो प्रगतिप्रतिवेदन अनुसार असोज अन्तिमसम्म एउटा युनिटबाट परीक्षणको रूपमा ७६ मेगावाट विद्युत् उत्पादन हुने आधार तयार भएको आयोजना सम्वद्घहरूको दाबी छ। आयोजनाको सबैभन्दा कठिन मानिएको ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा असार १० सम्म १२ दशमलब ५ मिटर पेनस्टक पाइपमात्र जडान बाँकी छ। ३७३ मिटरको तल्लो ठाडो सुरुङमा दुई हप्ताअघि नै पेनस्टक पाइप जडान सम्पन्न भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए। टेक्सम्याकोले असार १० गते माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडान सुरु गरेकोे एक वर्ष पुगेको छ।

जलाशय, गेट, स्पटपलक, डिस्यान्डरलगायत हेडवक्र्सका संरचनाको परीक्षण गर्र्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा रोकिएको थियो। आयोजनाले भूमिगत विद्युत् गृहमा गरेको सुख्खा परीक्षण यसअघि सफल भइसकेको छ। आयोजनाको लट–४ अन्तर्गत पर्ने २२०÷१३२ केभीको डबल सर्किट ४७ किलोमिटर लामो प्रसारणलाइन भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले सम्पन्न गरिसकेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जनाए।

आयोजनाबाट उत्पादित विद्युत् रामेछापको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम करिब–करिब सम्पन्न भइसकेको छ भने उपकरण ढुवानीको काम भइरहेको छ। हालसम्म ४८ अर्बभन्दा बढी खर्च भइसकेको आयोजनामा डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्चलगायत कारण आयोजना समाप्त हुँदासम्म लागत ७२ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

के हो बाइफोर्केसन?

अपस्ट्रिमबाट डाउनस्ट्रिममा पानीको गति बढ्दा पावर स्टेसनमा टर्बाइन नियमनको स्थिरता सुनिश्चित गर्ने प्रणालीलाई बाइफोर्केसन भनिन्छ। पावर स्टेसनमा ठूला समस्या आई हुन सक्ने हानीबाट सुरक्षित र स्थिर राख्न बाइफोर्केसनको प्रयोग गरिन्छ।

क्याप्सन ः सुरुङभित्र काम गर्दै मजदुर। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.