शव व्यवस्थापनमा खटिएका दुई सैनिक जवानमा कोरोना पोजिटिभ

शव व्यवस्थापनमा खटिएका दुई सैनिक जवानमा कोरोना पोजिटिभ

तानसेन : पाल्पामा कोरोना सक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिक जवानमा कोरोना पुष्टि भएको छ। 

गत जेठ २० गते तानसेनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएका पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय युवकको शव व्यवस्थापनको क्रममा दुई जना सेनामा कोरोना देखिएको हो। सक्रमित हुनेमा नेपाली सेना गोरखदल गणमा कार्यरत ३३ वर्ष र ३६ वर्षका पुरुष रहेका छन्। 

शव व्यवस्थापन पछि दुबै सैनिकलाई क्वारेन्टाइनमा राखिएको र १४ दिन पछि चेकजाँच गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखिएको, हाल दुवै स्वास्थ्य सामान्य रहेको गोरखदल गणका सेनानी मनोज डंगोलले बताए।  पाल्पामा हालसम्म ४४६ जनामा कोरोना सक्रमण भएकोमा १६ जना उपचारपछी निको भएको र एकजनाको मृत्यु भएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.