पहिरोमा परेर जाजरकोटमा एक बालक बेपत्ता
![पहिरोमा परेर जाजरकोटमा एक बालक बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/Pahiro-Photo-2_20200622123646_G20siu9CLe.jpg)
जाजरकोट : जाजरकोट पहिरोमा परी एक बालक बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई वर्षीय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका हुन् । आइतबार राती घर नजिकैबाट पहिरो आउन थालेपछि गणेशको परिवार पशुचौपायाको उद्धार गर्न निस्केको बेला बालक बेपत्ता भएका हुन् ।
'पहिरो आएपछि चौपायको उद्धार गर्न श्रीमतीसहित हामी बाहिर निस्कियौं। श्रीमतीले बाबुलाई समातेकी थिइन्। म पहिरोमा लडे, मलाई बचाउन खोज्दा छोरा फुत्किएछ । पहिरोले कता लियो थाहै भएन,' गणेशले भने, 'पहिरोले बाबुलाई लग्यो धेरै खोज्यौं, तर भेटाउनै सकेनौं।'
पहिरोमा बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले स्थानीय र प्रहरीले बेपत्ता बालकको खोजी भइरहेको स्थानीय ज्ञानीप्रसाद शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)