दाङमा वडा अध्यक्षसहित २१ जनामा कोरोना संक्रमण
दाङ: दाङको तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्षमा कोरोना पुष्टि भएको हो । मंगलबार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो। सल्यानका दुईजनामा पनि कोरोना पुष्टि भएको छ । दाङका १० वटै स्थानीय तहका ५८८ जनामा कोरोना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !