दैलेखमा ६५० जनाले जिते कोरोना, आइसोलेसनमा अब ११७ जना मात्रै

दैलेखमा ६५० जनाले जिते कोरोना, आइसोलेसनमा अब ११७ जना मात्रै

दैलेख : दैलेखका साढे ६ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । मंगलबारसम्म ६ सय ५० जना कोरोना संक्रमित घर फर्किएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ४४ जना महिला र ६ सय ६ जना कोरोना संक्रमित पुरुष डिस्चार्ज भएका हुन् । अब जिल्लाका ११ वटै स्थानीय तहमा गरी १ सय १७ जना मात्रै कोरोना संक्रमित आइसोलेसनमा छन् । 

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिकाका २ सय २७ जना कोरोना संक्रमितमध्ये २ सय २३ जना डिस्चार्ज भएका छन् ।

यस्तै दुल्लु नगरपालिकाका ८९ मध्ये ४१, ठाटीकाँध गाउँपालिकाका ४ मध्ये एक, भैरबी गाउँपालिकाका १७ मध्ये ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । त्यसैगरी महाबु गाउँपालिकाका १ सय ६५ मध्ये १ सय ६३ जना, नौमूले गाउँपालिकाका १ सय ४६ मध्ये १ सय ३९, भगवतीमाई गाउँपालिकाका १४ मध्ये ४, डुङ्गेश्वर गाउँपालिकाका ७० मध्ये ६६, गुराँस गाउँपालिकाका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

डिस्चार्ज हुनेमा बालकदेखि वृद्धसम्म छन् ।डिस्चार्ज भएकामध्ये अधिकांशलाई दोस्रो पटक परीक्षण नगरेरै घर पठाइएको हो । दुई हप्ता बढी आइसोलेसनमा बसेका संक्रमितलाई बिनापरीक्षण घर पठाइएको हो । 

कोरोनाका लक्षण नदेखिएका र बिरामी नभएका संक्रमितलाई परीक्षण नगरी छाड्ने गरिएको हो । परीक्षण नगरी पठाइएका संक्रमित गाउँ गएपछि त्रास बढेको छ । कोरोनाका रेडजोनमा रहेका दैलेखका स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसन सेन्टर धमाधम खाली भइरहेका छन् । यहाँका स्थानीय तहका अधिकांश क्वारेन्टाइन रित्तिइसकेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.