सुदूरपश्चिममा एकैदिन ३४६ जनामा संक्रमण : संक्रमतिको संख्या ३ हजार नाघ्यो

सुदूरपश्चिममा एकैदिन ३४६ जनामा संक्रमण : संक्रमतिको संख्या ३ हजार नाघ्यो

धनगढी : सुदूरपश्चिममा प्रदेशमा थप तीन सय ४६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जुन २४ घण्टामा थपिने संख्या अहिलेसम्मको सबैभन्दा बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी बिहीबार तीन सय ४६ जनामा कोरोना पुष्टि भएको  हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 
धनगढीमा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बिहीबार थपिएका गरी प्रदेशमा कोरोना संक्रमतिको संख्या ३ हजार नागेको छ ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौ जनाको कोरोना परीक्षण भएको थियो । प्रदेशमा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ । चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दैनिक २ सय बढ्ने गरेको छ । बुधबार मात्र प्रदेशमा २ सय ४१ जनामा कोरोना संक्रमण भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.