एनआरएनए अमेरिकाको नवौं साधारण सभा अनलाइनबाटै

एनआरएनए अमेरिकाको नवौं साधारण सभा अनलाइनबाटै

अमेरिका : कोरोना भाइरसको महामारीका कारण गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनअनलाइनमार्फत हुने भएको छ ।  जुममार्फत नवौं साधारण सभा जुलाई ३ तारिख देखि ५ तारिखसम्म गर्ने जानकारी दिइएको छ। 

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । उनले परिस्थितिलाई देखाएर साधारण सभा नगर्न धेरै सुझाब आएको भएपनि आफूहरुले साधारण सभा गर्न लागेको जानकारी दिए । 

जुमबाटै आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका पदाधिकारीहरुले तयारीलाई अन्तिम चरणमा पुगिसकेो बताएका छन् ।  आयोजक समितिका संयोजकले भनेका छन्, 'प्रविधिमा धेरै कुरा सिक्नुपर्नेछ, सबै कुरा नयाँ छन्, चुनौतीपूर्ण पनि छन्, र साथसाथमा सबै अवसर समेत हुन भनेर हामीले काम गरिरहेका छौं।'

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष तथा साधारण सभाका कन्भेनर डाक्टर अर्जुन बन्जाडेले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आफूहरुले सुरुमा कसरी सम्भव होलार भनेर सुरु गरेको काममा धेरै नै मेहेनत गरेर अब त जसरी पनि गरिन्छ भन्ने स्थितिमा पुगेको बताए । 

साधारण सभा र ज्ञान सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञवालीले नेपालबाट नै गर्नेछन् ।साथै आईसीसीका अध्यक्ष कुमार पन्त लगायतका विशेष अतिथिसमेत सभा तथा सम्मेलनमा सहभागी हुनेछन् ।

महासचिव पशुपति पाण्डेले जुलाई १ तारिखसम्म अनलाइन रजिष्ट्रेसन गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश सदस्यले रजिष्ट्रेसन गरिसकेको जानकारी दिए । यस साधारणसभाकै अवसरमा अमेरिकाबाट सुरु भएको ज्ञान सम्मेलनको निरन्तरतालाई विशेष जोड दिइ ज्ञान सम्मेलन समेत समावेश गरिएको छ । 

सम्मेलनमा विभिन्न शीर्षकमा रहेर विषयगत छलफल हुने नलेज कन्भेन्सनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी दिए।संयोजक सग्देलले पढेर ज्ञान पाएकाका साथै उनले अनुभवले ज्ञान हाँसिल गरेकालाई पनि छलफल सहभागी गराउन लागिएको जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.