पार्टी र सरकारलाई दोलखा नेकपाको ‘एकमना एकता’ गर्न ध्यानाकर्षण

पार्टी र सरकारलाई दोलखा नेकपाको ‘एकमना एकता’ गर्न ध्यानाकर्षण

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले शनिबार पार्टी र सरकारलाई एकजुट हुनको लागि एक ध्यानाकर्षण पत्र जारी गरेको छ।

बैठक चलिरहेका बेला स्थायी समितिका सम्पूर्ण सदस्य विभिन्न मतमा विभाजित भई पार्टी एकता, जनभावना तथा पार्टी कार्यकर्ताको भावनामाथि चोट पुर्‍याउने कार्य निश्चय पनि प्रशंसा योग्य नभएको भन्दै नेकपा दोलखाले पार्टी र सरकारलाई एकजुट हुनको लागि शनिबार ध्यानाकर्षण पत्र जारी गरेका छन्।

नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीलाई खुशी र उत्साहित बनाउने कार्य बन्द गर्न अनुरोध गरेका छन्। 

त्यस्ता गतिविधिहरु अन्त्य गरी वार्ता, छलफल सहकार्यलाई निरन्तरता दिँदै पार्टीलाई एकमना एकताका साथ अघि बढाउँदै नेपाली जनताको हितमा लाग्न ध्यानाकर्षण गराइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.