दोलखामा सुरु भयो चौँरी प्रजनन् तथा स्रोत केन्द्र

दोलखामा सुरु भयो चौँरी प्रजनन् तथा स्रोत केन्द्र

दोलखा : भीमेश्वर नगरपालिका–१, सुष्पा क्षमावतीको गैरीमा चौँरी प्रजनन् तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ ।

बागमती प्रदेश सरकार पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय तथा एभरेष्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरको सहकार्यमा एक करोडको लागतमा चौँरी प्रजनन् तथा स्रोत केन्द्र सञ्चालनमा आएको हो ।

उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको विर्य संकलन गरी कृतिम गर्भाधान समेत गर्ने उद्देश्यका साथ स्रोत केन्द्र सञ्चालनमा ल्याइएको एभरेष्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिनेशराज शिवाकोटीले बताए ।

रिसर्च सेन्टरमा साझेदारीका लागि सो निर्देशनालयले ५० लाख अनुदान उपलब्ध गराएको तथा बाँकी ५० लाख रिसर्च सेन्टरले लगानी गरेको अध्यक्ष शिवाकोटीको भनाइ छ । स्रोत केन्द्रमा याक सेड, काउ सेड, कार्यालय भवन, घेराबार लगायत भौतिक संरचना निर्माणमा ६५ लाखभन्दा बढी खर्च भएको बताइएको छ ।

यसैगरी सोलुखुम्बुबाट ६ वटा याक खरिद गरी ढुवानी समेत गर्दा करिब १० लाख खर्च भएको रिसर्च सेन्टरले बताएको छ । स्रोत केन्द सञ्चालनको लागि सुस्पा सामुदायिक वनले १२ रोपनी जग्गा उपब्लध गराएको छ ।

स्थानीय गाई र याक विचमा क्रस गराई उराङ जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने स्रोत केन्द्रको योजना रहेको छ । हिमाली क्षेत्रमा मात्र रहने याक तथा चौँरीपालनका लागि दोलखाका उच्च भूभागहरु उपयुक्त भएकोले उन्नत जातका चौँरीका बाछाबाच्छी उत्पादन गर्ने लक्ष्यका साथ स्रोत केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष शिवाकोटीले बताए । आगामी तीन वर्षमा केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आउने र सो अवधिसम्म याकको सिमेन संकलन गरी कृत्रिम गर्भाधानको काम पनि सुरु हुने केन्द्रको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.