२२ केजी चरेससहित दुईजना पक्राउ

२२ केजी चरेससहित दुईजना पक्राउ

दाङ : प्रदेश ५ प्रहरी कार्यालयको विशेष टोलीले साढे २२ केजी लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका १२बाट चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बुटवल उप महानगरपालिका १२ हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घरमा खानतलासी गर्दा अवैध २२.५०० केजी चरेससहित गुल्मी मदाने गाउँपालिका ७ का ३९ वर्षीय मेगलाल गिरी र  पूर्वी रुकुम सिस्ने गाउँपालिकाका ३५ वर्षीय रतिभान दमाईलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी प्रवत्ता एसएसपी राजकुमार बैदवारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाघको छाला हड्डीसहित पक्राउ

बाँकेको राप्ती सोनारीमा लुकाइ छिपाइ रहेको अवस्थामा बाघको छाला र हड्डी प्रहरी फेला पारेको छ । बाँके राप्तीसोनारी गा.पा १ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ति मगरले आफ्नै घरको मकै बारीमा लुकाइ राखिइएको टाटेपाटे बाघको छाला,र हड्डीसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.