दमौलीमा ३२ सङ्क्रमित निको भएर फर्किए

दमौलीमा ३२ सङ्क्रमित निको भएर फर्किए

दमौली : आदिकवि भानुभक्त क्याम्पस स्थित आइसोलेसनबाट एकै साथ ३२ संक्रमित निको भएर घर फर्किएका छन् । आइसोलेसनमा रहेका ३८ जनामध्ये ३२ जनाको दोश्रो चरणको नतिजा पनि नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको हो । 

निको भएर घर जानेमा २९ जना पुरुष र ३ जना महिला रहेका छन् । सोही टोलीमा पठाइएको नमुनामध्ये ६ जनाको भने दोश्रो चरणको नतिजा पोजिटिभ  देखिएको छ । पोजिटिभ देखिएका ६ जनालाई थप एक हप्ता आइसोलेसनमा राखी पुन: तेश्रो चरणको परीक्षण गरिने व्यास नगरपालिकाका जन स्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए । 

घर फर्किनेमा ऋषिङ्ग गाउँपालिकाका १८ जना, व्यास नगरपालिकाका ५ जना, म्याग्दे गाउँपालिकाका ६ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् । उनीहरु एकै साथ घर फर्किए लगतै आइसोलेसनमा बस्नेको संख्या ११ पुगेको छ। एकैपटक ३२ जना सङ्क्रमित निको भएसँगै तनहुँमा निको हुनेको संख्या ६७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.