पाल्पामा ४७ जनाले कोरोना जिते

पाल्पामा ४७ जनाले कोरोना जिते

तानसेन : पाल्पामा ४७ जना कोरोना संक्रमणबाट निको भएका छन्  । जिल्लाका विभिन्न स्थानको आइसोलेसनमा बसेका सक्रमित मध्ये सोमबा मात्र रम्भा गाउँपालिकाका–१७ जना र रैनादेवी छहरा गाउँपालिकाका १२ जना गरी २९ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

रम्भा गाउँपालिकाका १७ जना लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचारत थिए । निको भएकालाई अस्पतालबाटै गाडीमा राखेर घरमा पु¥याएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । अहिलेसम्म रम्भा गाउँपालिमामा ३९ जना सक्रमण भएकोमा २५ जना निको भई घर फर्किएका छन् ।  
 

कोरोनामुक्त हुने रैनादेवी छहरा गाउँपालिका १२ जना पनि लुम्बिनी मेडिकल कलेज प्रभासमा निर्माण गरिएको आइसोलेसनमा उपचाररत थिए । उनीहरुलाई पनि गाउँपालिकाले घर–घरमा पु¥याएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । रैनादेवी छहरा गाउँपालिकामा ३८ जना सक्रमित मध्ये १४ जना निको भई घर फर्किएका छन् ।

माथागढी गाउँपालिकामा २९ जना सक्रमित मध्ये २ जना उपचारपछि घर फर्किएका छन् । रिब्दीकोट गाउँपालिकामा ५ जना सक्रमित मध्ये १ जना निको भएका छन ।  रामपुर नगरपालिकामा ११४ जना सक्रमित मध्ये २ जना निको भएका छन् ।  निस्दी गाउँपालिकाका ९५ जना सक्रमित मध्ये १ जना निको भएका छन ।  पूर्वखोला गाउँपालिकाका १ सय ५९ सक्रमणमध्ये १ जना निको भएका छन  र  लुम्विनी मेडिकल कलेजमा आइसोलेसनमा उपचार गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पंन्थीले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.