पाल्पामा २ सय ५६ संक्रमितलाई परीक्षण नगरी घर पठाइयो

पाल्पामा २ सय ५६ संक्रमितलाई परीक्षण नगरी घर पठाइयो

तानसेन : संक्रमित व्यक्तिलाई बिना चेक जाँच घर फिर्ता पठाउन थालेपछि पाल्पाका गाउँमा त्रास बढेको छ। पाल्पामा आइसोलेसनमा बसेका संक्रमितको पुन पीसीआर परीक्षण नगरी अनुमानकै भरमा घर पठाउन थालेपछि समुदायमा त्रास बढेको हो। 

पाल्पाका २ सय ५६ जना संक्रमितलाई शुक्रबार र शनिबार गरी पुन: परीक्षण बिना घर घरमा पठाएको छ। स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि भैरहवा पठाएको रिपोटसमेत नआएकोले एक महिना आइसोलेसनमा बसेर माथागढीका १५ जना घर फिर्ता भएका छन्। सक्रमण भएर आइसोलेसनमा बसेका व्यक्ति बिना परीक्षण  घरमा आएको भन्दै घरपरिवारदेखि गाउँ समुदायसमेत चिन्तित रहेको माथाँगढी गाउँपालिकाका एक संक्रमितले दुःखेसो गरे। 

गाउँपालिकाले आफैँ भिटिएम किट खरिद गरी स्वाब संकलन गरेर आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि भैरहवा पठायौं तर एक महिनासम्म रिपोट नआएपछि बाध्य भएर संक्रमित भनिएका व्यक्तिलाई निको भएको भन्दै घर पठाएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए। हामीले पठाएको स्वाब चेकजाँच नहुने भन्दै भैरहवा प्रयोगशालामा रद्दिको टोकरीमा फालिदिएको अध्यक्ष थापाले गुनासो गरे। 

यही अवस्था भए संक्रमित भएका व्यक्तिलाई समेत गाउँपालिकाबाट मोटो रकम खर्च गरेर तानसेनको आइसोलेसनमा ल्याउनपर्ने जरुरी नभएकोले आगामी दिनमा संक्रमितलाई क्वारेन्टाइनमै व्यबस्थापन गर्ने अध्यक्ष थापाले बताए। आइसोलेसनमा राख्दा दैनिक एक व्यक्तिको दुई हजारसम्म खर्च आउने भन्दै १५ दिनसम्म अनावश्यक रुपमा आइसोलेसनमा राख्नुपरेको अध्यक्ष थापाले गुनासो गरे। 

भैरहवा प्रयोगशालामा पठाएको पुन: परीक्षणको स्वाब परीक्षण नभएको नयाँ व्यक्तिको मात्र परीक्षण रिपोट आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। सरकारले लक्षण नदेखिएका व्यक्ति संक्रमित भएको १४ दिनपछि बिना चेकजाँच घर पठाउन दिएको निर्देशन अनुसार जिल्ला स्वास्थ्य कार्यालयले काम गर्दै आएको निमित्त प्रमुख न्यौपानेले बताए। पाल्पाबाट पुन: परीक्षणको लागी दुई सयभन्दा बढीको स्वाब भैरहवा प्रयोगशालामा पठाएको छ। 

पाल्पामा हालसम्म ५ सय ४९ जनामा सक्रमण भएकोमा ३ सय ३ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। आइसोलेसनमा २ सय ४५ जना उपचाररत छन। पाल्पाको रामपुर नगरपालिकाबाट १ सय ६ जना, निस्दी गाउँपालिकाबाट ९५, माथाँगढी गाउँपालिकाबाट १५ , पूर्वखोला गाउँपालिकाबाट ३४, रैनादेवी छहरा गाउँपालिका बाट २०, रम्भा गाउँपालिकाबाट २५, रिव्दीकोट गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाबाट १ जना र लुम्बिनी मेडिकल कलेजबाट ३ जना निको भइ घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.