‘सरकारी निकाय गम्भीर भएन’

‘सरकारी निकाय गम्भीर भएन’

मुगु : 

घटना १

केही वर्षअघि मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामबाडास्थित लेते खोलामा आएको बाढीले स्थानीयको खेतीयोग्य जमिन बगायो। बाढीका कारण भामबाडा, रावलबाडा र रोकायाबाडामा जग्गासहित बाली नै सखाप भयो। २०५१ भदौमा पहिलो पटक बाढीले कटान थालेको यो स्थानमा हरेक वर्षको वर्षायाममा बाढी आउने गरेको छ। बर्खा लाग्नेबित्तिकै स्थानीयहरू रातमा निदाउन सक्दैनन्। बाढीले जग्गासँगै बस्ती नै बगाउने चिन्ता स्थानीयमा छ।

घटना : २

   छायाँनाथ रारा नगरपालिका-४ मा रहेको बुकाखोलामा पहिलो पटक २०६१ साउन २५ गते आएको बाढीले सोही वडाकोे पाँच सय हेक्टरभन्दा बढी जग्गा बगायो। त्यसयता हरेक वर्ष आउने बाढीले जमिन बगाउने गरेको छ। हाल यो क्षेत्र आसपासमा रहेका दोबाटो, कालापाल्त र पाटपोटेनीका एक सय ५० घरधुरी पहिरोको जोखिममा छन्। बाढी र पहिरोको जोखिममा रहेको यो बस्तीका बासिन्दा पनि वर्षात्को समयमा रातमा निदाउन सक्दैनन्। कुनै पनि बेला बाढीले आफूहरूलाई बगाउने चिन्ता स्थानीयमा छ।

घटना : ३

अघिल्लो वर्ष साउनमा छायाँनाथ रारा नगरपालिका-६ मुन्दु खोलामा आएको बाढीले सोही वडाको मुन्दु, कोटिला, बालै, भामबाडा रछत्तेबाडाका चार दर्जन काठेपुल बगायो। यस्तै तीन दर्जन पानीघट्ट र गमगाड जलविद्युत्को नहर पनि बग्यो। स्थानीयले बाली लगाएको जग्गा पनि बगरमा परिणत भयो तर हालसम्म सो स्थानमा बाढीबाट हुने नोक्सान कम गर्न तटबन्ध र यसले पनि स्थानीयहरू त्रासमा छन्।

हरेक वर्ष बाढीले नोक्सान गर्दै आएको बुकाखोलामा बाढीको रोकथामका लागि हालससम्म दुई करोडभन्दा बढी बजेट लगानी भइसकेको छ। नियन्त्रण हुनुको सट्टा बर्सेनि ठूलो क्षति हुँदै जान थालेपछि रारा विमानस्थल पनि पहिरोको जोखिममा परेको छ। छायाँनाथ रारा नगरपालिका-४ का प्रदीप रावलले बर्सेनि बाढी र पहिरोले नोक्सान गरे पनि रोकथाममा सरकारी निकाय गम्भीर नभएको बताए। यता छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जोखिम रहेको स्थानमा तटबन्ध निर्माण गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.