सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगायो, ११ जना बेपत्ता

सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगायो, ११ जना बेपत्ता

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा पहिरो जाँदा शनिबार राति ७ घर बगाएको छ। पहिरोले सिसुवाखोलाको वेसिन्दाका ११ जना बेपत्ता भएको भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

घटनास्थलतर्फ प्रहरी गएको र प्रहरी पुगेपछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोसकुमार राईले जानकारी दिए। अबिरल वर्षापछि गएको पहिरोले बेसिन्दा गाउँको ७ घर पहिरोले बगाएको छ। ३ जनाको उद्धार गरेको स्थानीय उत्तम कुलुङले जानकारी दिए। अहिले अन्य घरपनि खतरामा रहेको कुलुङले बताए।

बुधबारेबाट घटनास्थलतर्फ गएको प्रहरी टोलीलाई घटना स्थल पुग्न करिब ३ घण्टा लाग्छ। अहिले पनि त्यस क्षेत्रमा भारी  वर्षा भइरहेकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए। बेपत्ताको खोजीकार्यमा जिल्लाबाट थप प्रहरीको माग गरिएको अध्यक्ष कुलुङले बताए। उनले भने 'ताम्कुमा रहेको मकालु बरुण राष्ट्रिय निञ्जको सुरक्षामा खटिएको सेनालाई समेत उद्धारमा सहयोग गरिदिन माग गरिएको छ।'     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.