संखुवासभामा पहिरो : ११ बेपत्ता, ९ घर बगे, उद्धारमा खटिएका एकको मृत्यु

संखुवासभामा पहिरो : ११ बेपत्ता, ९ घर बगे, उद्धारमा खटिएका एकको मृत्यु

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको वेसिन्दामा शनिबार राती पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीकार्य सुरु भएको छ ।  स्थानीयको सहयोगमा घटनास्थलमा प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवाटारबाटका ११ जना प्रहरी बेपत्ताको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । 

उद्धारमा खटिएका मदन राईको भने अचान बहोस भइ मृत्यु भएको छ । दमको बिरामी रहेका राईको मृत्यु हृदयघातका कारण भएको प्रहरीले जनाएको छ । अविरल बर्षासँगै गएको पहिरोले ९ घर बगाएको हो । गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको छ।
पहिरोमा ५ घरका ११ जना बेपत्ता भएका छन्। पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जीला राई (गर्भवती), ११ वर्षीया नम्रता राई बेपत्ता छन् । 

यसैगरी जुद्धबहादुर राई (गैरी) की ६५ वर्षीया श्रीमती गोरी माया राई र छोरी २२ वर्षीया प्रकृति राई सम्र्पकमा छैनन् । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई हालसम्म बेपत्ता छन् । 

त्यसैगरी ७० वर्षीया नजमाया राई,  ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता रहेका छन् । गेवा सिंह राईको घर पुरै बगाएको र उनको बायाँ हात र बायाँतिरको टाउकोमा गहिरो चोट लागेको छ। उनको अवस्था गम्भीर छ । उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, १४ वर्षीया छोरी भिमसरी राई सामान्य  घाइते छन्। 

त्यस्तै ५५ वर्षीय भीमबहादुर राईको घर बगाएको छ भने उनको उद्धार गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ । सन्दीप राई र सुभधन राईको घर बगाए पनि उनीहरु सुरक्षित छन् । पहिरोमा बेपत्ताको खोजीका लागि सदमुकाम खाँदबारीबाट ३० जना सेना, १५ जना नेपाल प्रहरी र १५ जना ससस्त्र प्रहरीको टोली घटनास्थलतर्फ लागेको डिएसपी मल्लले बताए ।

मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकोप्टर घटनास्थलतर्फ लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ ।  अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.