दाङमा फेरि भित्रियो सलह

दाङमा फेरि भित्रियो सलह

दाङ : दाङमा सहल किरा फेरि देखिएको छ। असार १६ गते दाङमा आएको सहल किरा पुनः आइतबार दाङमा देखिएको हो। दाङको राप्ती गाउँपालिका वडा नम्बर २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ। गाउँ नै ढाक्ने गरी सलह किरा आएको स्थानीले बताएका छन्। 

सलह उडेको देख्नासाथ स्थानीयले खेतबारीमा पुगेर रित्ता भाँडा ठटाएका छन्। सलहले मकैबाली खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका स्थानिय बासुदेव न्यौपानेले जानकारी दिए। सअघि दाङमा सलह किराले झण्डै साढे ३ सय हेक्टर क्षेत्रफलमा क्षति पुर्‍याएको थियो।  सलहले मकै, धान र तरकारीबालीमा गरी ३ सय ३८ हेक्टर क्षेत्रफलमा क्षति गरेको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ। 

घोराही उपमहानगरपालिकामा ६ हेक्टर, तुलसीपुर उपमहानगरपालिकाका ५० हेक्टर, लमही नगरपालिकामा १५ हेक्टर, शान्तिनगरगाउँपालिकामा २ सय हेक्टर, दंगिशरणमा २० हेक्टर, बंगलाचुलीमा ५० हेक्टर, गढवा र राप्तीमा डेढ डेढ हेक्टर क्षेत्रफलमा लगाईएको मकै, धान र तरकारीबालीमा सलहले नोक्सान पुर्‍याएको छ। ३ सय ३८ हेक्टर क्षेत्रफलमा सलह बसेको र आंशिक देखी पूर्णरुपमा क्षति पुर्‍याएको केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणी पौडेलले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.