भानुभक्त र गिरिधारीको झगडाको बीउ
भानुभक्त आचार्य पण्डित भईकन पनि अनेक प्रपञ्च रच्न पनि सिपालु थिए। कविमा हुने प्रचुर संवेदनशीलता एवम् स्वाभिमानी प्रकृतिका साथसाथै उनी रिसराग र प्रतिशोधजस्ता सामान्य मानवीय प्रवृत्तिबाट पनि मुक्त हुन सकेका थिएनन्। त्यसैले आफ्नै कारण उनी आफूले धेरैपटक हन्डर पनि खाएका थिए। यस बेहोराको साक्षी प्रमाण उनका कविताले दिएका छन्। यस सिलसिलामा उनको जीवनमा घटेको गिरिधारी रानाभाटसँगको घटना भानुभक्तीय इतिहासमा चर्चाको विषय बन्दै आएको छ।
गिरिधारी रानाभाट पनि भानुभक्तकै गाउँका धनीमानी व्यक्ति थिए। कारण जेसुकै भए पनि यिनीहरूमाझ पहिल्यैदेखि नै इख र झगडा पर्ने गरेको अनुमान गर्न सकिन्छ।
गिरिधारी रानाभाटसँगको जग्गाको मुद्दा भानुभक्तले पहिल्यैदेखि नै खेप्तै आएका थिए। यसै प्रसंगमा मोतीराम भट्टले लेखेका छन्, ‘संवत् १९०६ विक्रमीयमा जग्गावापत्को झगरा भानुभक्तलाई आई पर्दा नेपाल नआइनहुन जाँदा झगराको कागत्पत्रली आउँदा... बनाये।”
भानुभक्त काठमाडौंमा मुद्दा खेप्न आउँदा ज्योतिषी सुब्बा धर्मदत्त ज्ञवालीका घरमा बस्थे। ज्योतिषी सुब्बा ज्ञवाली भानुभक्तका बाबु धनञ्जयका पालादेखिकै परिचित मित्र पनि थिए। त्यसैले यी ज्योतिषीसमेतको शक्ति, बल र बुताबाट भानुभक्तका पक्षमा मुद्दा पनि छिनिएको थियो। अर्थात् यस मुद्दा भानुभक्तले नै जितेका थिए। मोतीराम भट्टका अनुसार ‘रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को साँध एक् गिरिधारी थियो। ईदुवै खेत्काबीचमा एक् खोलो थियो। अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् खाइदियो। गिरिधारी भाटले बगर आवादी गर्यो। तिन्ताकका ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, ४।५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बगर ३।४ वर्ष आवादी गरी भोग् गर्दा भाटले मेरो जग्गामिची भानुभक्तले भोग् गर्यो भनी वादी हालेकाले भानुभक्तले इजहार दिँदा यी श्लोक पनि खामेका थिए भनिन्छ—
ख्यामित् यस् गिरिधारीले अतिपिर्यो व्यर्थै गर्यो झेल् पनि।
यस्का झेल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी।।
ख्वामित्लाई चढाउनाकन ञहाँ क्यै श्लोक् कवीता गर्याँ।
मेरा श्लोक् सुनिवक्सियोस्त झगडा छीनिन्छ पाऊ पर्याँ।।
---
साँचा हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी,
ई कुरा त अइन् सवाल रितले स्रेस्ता प्रमाण्ले गरी।
साबित् ता ठहरेन पो पनि भन्या यसमा अइन्मा जती,
तोक्याको छ गुना हजार तिरुँला राख्वैन एक्दाम् रती।।
यस्भन्दा अरु पत्रपात्र पनि छन् भोग् छन् दसी छन् सही।
श्रोता साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कही“।।
गन्र्याछैन उजुर्गर्याँ पनि भन्या झुट्टा गराई दिनू।
सर्कार्मा इजहार् दिञा खुशिभई यो झेल् कसोरी छिनू।।”
भानुभक्तका कविता, भानुभक्तको सुब्बा धर्मदत्त ज्ञवालीसँगको मित्रता र ज्ञवालीको राणाहरूसँगको सम्पर्क तथा भानुभक्त आपूmले कमान्डर इन चिफ कृष्णबहादुर राणाका चाकडी गरेका आधारमा या भनौं बाबु धनञ्जय अशक्त हुँदै गएपछि उनका स्थानमा भानुभक्तले जागिरचाहिँ खाएका थिए। कमान्डर इन चिफ कृष्णबहादुर राणाको चाकरी गरेबापत १९०७ साल वैशाखमा भानुभक्तले मधेसमा गई काम गर्ने जागिर पाए। भानुभक्तले जागिर खाएको तथ्य मोतीराम भट्टले नै प्रकट गरेका हुन्। भानुभक्तले जागिर त खाए; तर त्यो बेहोरा उनको बैरी रानाभाटका लागि मन नपर्नु स्वाभाविकै थियो। उता भानुभक्तले पनि गिरिधारी रानाभाटसँग ईख साध्ने अभिप्राय राखिरहे; कतिसम्म भने उनले गिरिधारीलाई नसोधी उनका छोरालाई आड बनाएर उनैको खेत खनी कुलो बनाएका थिए।
भानुभक्तसँग गिरिधारी रानाभाटको प्रायः झैझगडा र मुद्दामामिला भइरहन्थ्यो। गिरिधारी पनि पहुँचवाला भएका कारण भानुभक्तले सहज र सरल रूपमा चल्न सक्ने अवस्था पनि थिएन।
१९२१ साल असारको कुरा हो; त्यस वर्षको बर्सात्ले चुँदीखोलामा ठूलो बाढी आएको थियो। त्यस बाढीले स्थानीय वराहको बाँध पनि बगाइदिएको थियो। यसबाट गाउँका खेत सबै बाँझै हुने स्थिति सृजना भयो। अनि गाउँलेले भानुभक्तको अग्रसरतामा एउटा बृहत् छलफल गरे। त्यस छलफलमा अज्र्याल, भाट, ढकाल र आचार्यहरूको सहभागिता र जमघट रहेको थियो। उक्त छलफलबाट उनीहरूले एउटा ठोस निष्कर्ष पनि निकालेका थिए। गाउँलेको सहमति र गिरिधारी रानाभाटका छोरा वीरभद्र भाटको उपस्थितिमा उनकै खेतबाट कुलो खन्ने निर्णय भयो र त्यसैबमोजिम कुलो पनि खनियो। तर गिरिधारीले यस कार्यको घोर विरोध गरे। आफ्नो अपमान र क्षति पनि भएको भन्दै उनले त्यो कुलो आफ्नै खर्चमा खेताला लगाएर पुर्न थाले। तर उनको त्यो कार्य समाजविरोधी हो भनेर भत्र्सना गर्दै भानुभक्तकै नेतृत्वमा त्यहाँ गाउँलेहरूको हुल उठ्यो। त्यसले गिरिधारीको कामको विरोध गर्दै कुलो पुर्न रोक्ने गरी हस्तक्षेप गर्न थाल्यो।
यस घटनाबाट आफू अन्यायमा परेको बेहोरा अघि सार्दै रानाभाटले भानुभक्तउपर मुद्दा हाले। भानुभक्तले प्रतिवादीका रूपमा मुद्दा खेप्नुपर्यो। उनले नियमानुसार बयान दिनुपर्यो। पछि त्यो कुलो कायम हुने निसाफ भानुभक्तहरूले पाए। यस कुलो काण्डमा भाटले मुद्दा हारेपछि भाट भानुभक्त र गाउँलेसँग सारै रिसाएका थिए। त्यसैले भानुभक्तलाई दुःख दिने नियतले उनले भानुभक्तले मेरो खेतको साँध मिचे र मिच्न लगाए भनेर फेरि अर्को उजुरी दिए। उनीहरूको त्यो मुद्दामा पनि भाटले नै हारे।
भानुभक्तसँग गिरिधारी रानाभाटको प्रायः झैझगडा र मुद्दामामिला भइरहन्थ्यो। गिरिधारी पनि पहुँचवाला भएका कारण भानुभक्तले सहज र सरल रूपमा चल्न सक्ने अवस्था पनि थिएन। उता भानुभक्त पनि रानाभाटको नाउँ त के छाया पनि देख्न सक्तैनथे। कतिसम्म भने भानुभक्तले आफ्नो घरको छानामा लगाएका बाँसका भाटासँग पनि रिसइबी साँधेका थिए। उनले आफ्नो घरको छानाबाट भाटा निकालेर फ्याँकेका थिए भन्ने रोचक प्रसंग पनि चर्चामा आएको पाइन्छ।
भानुभक्तको अर्को विशेषता के थियो भने उनी मनका कुरा कवितामा लेखिहाल्थे। त्यसैले गिरिधारी रानाभाटसँगको मुद्दाका घटनालाई भानुभक्तले कवितामा लिपिबद्ध गरेको र कवितात्मक रूपमै पनि आफ्ना कुरा राखेका थिए ः
एस्ले गर्छ कुरा पत्यार नहुने साह्रै नै लुच्चो छ यो।
ख्वामित्ले बुझि वक्सियोस् सव कुरा मेरो त विन्ती छ यो।
प्रतिक्रिया दिनुहोस !