पहिरोमा पुरिएर बाजुरामा एकजनाको मृत्यु
बाजुरा : बुढिनन्दा नगरपालिका ३ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ । बुढिनन्दा नगरपालिका ३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले बताए।
सोमबार दिउँसो गाई गोरु चराउन गएका बोहोरा मेलढुस्का काप्कोट सडक माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए।
प्रतिक्रिया दिनुहोस !