मर्ज हुँदै क्वारेन्टाइन

मर्ज हुँदै क्वारेन्टाइन

सुर्खेत : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका करिब ९० प्रतिशत विद्यालय भवन क्वारेन्टाइनको रुपमा प्रयोग गरिएका छन्। पछिल्लो समय भारत तथा अन्य मुलुकबाट घर फर्किनेको संख्या घटेसँगै सुर्खेतका विद्यालयमा बनाइएका क्वारेन्टाइन हटाउन थालिएको छ।

यहाँका विद्यालयका क्वारेन्टाइन मर्ज गरी अन्य भवनमा सार्ने तयारी गरिएको छ। बराहताल गाउँपालिकामा क्वारेन्टाइन गाभेर तीन वटा मात्रै कायम गरिएको छ। बड्डीचौर, हुड्के र लेकगाउँमा मात्रै क्वारेन्टाइन तोकिएको गाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्माले बताइन्। ‘पीसीआर रिपोर्ट नआउँदा महिनौ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने बाध्यताले नागरिक भाग्न थालेका छन्’, उनले भनिन्, ‘महिनौ दिन क्वारेन्टाइन बस्नुको पीडा हामी पनि बुझ्छौं। तर, रिपोर्ट नआउँदै घर भाग्ने र पछि रिपोर्ट पोजेटिभ देखिने गर्दा समस्या बढ्यो।’

वडास्तरमा बनाइएका क्वारेन्टाइन मर्ज गर्दै हटाउन थालिएको हो। सुर्खेतमा आधारभूत विद्यालयदेखि विश्वविद्यालयसहित एक सय ७५ शैक्षिक संस्था क्वारेन्टाइनको रुपमा प्रयोग भएका छन्। यी क्वारेन्टाइनमा अहिलेसम्म १२ हजार आठ सय ७० जना बसिसकेका छन्। गाउँका विद्यालयमा बनाइएका क्वारेन्टाइन रित्तिदै जादाँ मर्च गरेर अन्य भवनमा सार्न थालिएको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सकेसम्म विद्यालयमा बनाइएका क्वारेन्टाइन हटाउन अनुरोध गरेको छ। क्वारेन्टाइन बस्नेको संख्या घटेपछि नजिकका विद्यालयमा क्वारेन्टाइन गाभ्ने तयारी भएको हो।

‘संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घट्दैछ। विस्तारै विद्यालय खाली गरेर पढाइ सञ्चालन गर्नुपर्ने हुनसक्छ’ आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले भने ‘अब क्याम्पस र विद्यालयमा तयार पारिएका क्वारेन्टाइनको विकल्प खोज्ज थालेका हौं।’ कर्णालीमा स्थानीय र प्रदेश सरकारले आठ सय ९१ स्थानमा क्वारेन्टाइन निर्माण गरेका थिए। जहाँ ४१ हजार नौ सय ५६ जनालाई राख्न सम्भव छ। तर, हिजोआज ती क्वारेन्टाइनमा बस्नेको संख्या न्यून छ। मन्त्रालयका अनुसार डोल्पाका क्वारेन्टाइन रित्तिएका छन्। पछिल्लो तथ्यांक अनुसार कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका एक हजार पाँच सय ३० मध्ये एक हजार चार सय ६२ जना कोरोना जितेर घर फर्किसकेका छन्। अब दुई सय २८ जना विभिन्न आइसोलेसनमा छन्।

विद्यालयमा बनाइएका क्वारेन्टाइन हटाएर पालिका स्तरमै एकीकृत क्वारेन्टाइन निर्माण गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। विद्यालय क्वारेन्टाइनको रुपमा प्रयोग हुँदा बालबालिकाको पठनपाठनमा बाधा पुगेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको ठहर छ। ‘रित्तिदैै गएका क्वारेन्टाइन मर्ज गर्दै विद्यालयमा बनाइएका क्वारेन्टाइनको विकल्प खोज्न थालिएको छ’, रेग्मीले भने, ‘विद्यालयमा रहेका क्वारेन्टाइनलाई पालिकास्तरमा एकीकृतरुपमा सञ्चालन गर्ने निर्णय गरेका छौ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.