सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक अवरुद्ध

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक अवरुद्ध

तानसेन : सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडकखण्ड अवरुद्ध भएको छ । शुक्रवार रातिदेखि तानसेन बुटवल सडकखण्डको गौडेपुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक शनिवार दिनभरी खुलाउने प्रयास जारी राखेपनि सफल हुन सकेन । 

लगातार खसिरहेको पहिरो हटाउन नसकेपछि प्रहरीले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।  हामीले शनिवार दिनभरी पहिरो पन्छाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। शुक्रवार पहिरोले पुरिएको लु २ ख ११७१ नम्बरको ट्रकलाई भने पहिरोबाट निकालिएको छ । 

एकहप्ताको अवधिमा पहिरोको कारण तानसेन वुटवल सडकखण्ड ५ दिन सडक अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सूचारु गरेको केही समयमा पुन पहिरो खस्ने समस्याले सताएको डिभिजन सडक कार्यालय पाल्पा डिभिजन प्रमुख मुकुन्दाज अधिकारीले जानकारी दिए ।  

बिहीवार गौडेपुल नजिकै खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएपनि शुक्रबार रातिदेखि पुन पहिरो खसी तानसेन बुटवल सडक अवरुद्ध भएको हो । 

यसैगरी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्नेक्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देवबहादुर मुखिया मृत्यु भएको छ । प्रहरीले मृतक मुखियालाई गुल्मी छत्रकोट गाउँपालिका–६ का मनाभागमा रिडी खोलामा  मृत  अवस्थामा फेला पारेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.