भिड बढ्दै गएपछि लकडाउनमा कडाई

भिड बढ्दै गएपछि लकडाउनमा कडाई

राजविराज : समुदायमा कोरोना संक्रमण फैलिएपछि राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन लागू गर्ने निर्णय गरेको छ।

नगर प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको रोकथामका लागि बुधबारदेखि अनिश्चिकालका लागि लकडाउन गर्ने निर्णय गरेको छ। लकडाउनको सूचनापछि दैनिक खाद्यान्न समाग्रीको जोहो गर्न बजारमा किनमेल गर्नेको भिड बढेको छ।

नगर प्रमुख यादवले एक विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गर्दै कोरोना संक्रमण फैलिन नदिन र कोरोनाको जोखिमबाट जोगिन नगरवासीको चाहना बमोजिम लकडाउनको पूर्ण पालना गर्न, गराउन आग्रह गरेका छन्। 

यो अवधिमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैर सरकारी कार्यालय, वित्तीय संस्था पूर्ण रुपले बन्द गरी लकडाउन पूर्णरुपमा पालना गर्न नगरवासीमा उनले अनुरोध गरे। यादवले अनावश्यक रुपमा घरबाहिर ननिस्किन, अत्यावश्यक काममा निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न आग्रह गरे।

राजविराज नगरपालिका–६ का ७३ वर्षीय व्यापारीको बिहीबार राति मृत्यु भएपछि उनीहरुको परिवारका पाँच जना सदस्य, पसलका कामदार, मित्र, छिमेकीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायत नगरवासीले १५ दिनदेखि २१ दिनसम्म लकडाउन लागु गर्न स्थानीय तह र स्थानीय प्रशासनलाई दबाब दिएका थिए।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनको ढाँचामा परिवर्तन ल्याएसँगै मानिसको बजारमा चहलपहल बढेको छ। सरकारी कार्यालय, बित्तीय संस्था, बजार पसल सञ्चालनमा ल्याएसँगै गतिविधि निकै बढेका छन्। 

लकडाउनको ढाँचामा ल्याइएको परिवर्तनले जनजीवन धेरै हदसम्म सहज भएको तर कोरोनाको सन्त्रास बढेको राजविराज नगरपालिका ६ का बिनोद गुप्ताले बताए। लकडाउन खुकुलो पारिएको बेला मानिसको सानो लापरवाहीले कोरोना भाइरस संक्रमण झन् फैलिने जोखिम बढेको भन्दै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले सचेत गराएका छन्।

ठाउँ विशेषका आधारमा लकडाउन लागू गर्ने कि खुकुलो पार्ने भनेर निर्णय गरिनु पर्ने सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्तलाल साह बताउँछन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.