साउन १५ गतेबाट विद्यालय चलाउने निजी विद्यालयको घोषणा

साउन १५ गतेबाट विद्यालय चलाउने निजी विद्यालयको घोषणा

दमौली : तनहुँका निजी विद्यालयले साउन १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै प्रशासन र विद्यालय सञ्चालकबीच द्वन्द्व श्रृजना भएको छ। शनिबार बसेको निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको साउन १५ गतेबाट विद्यालय चलाउने निर्णयपछि प्रशासनले यसो हुन नदिने बताएको छ। ‘सरकारले भदौबाट मात्र विद्यालय भर्ना गर्न अनुमति दिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘सरकारको निर्णयबेगर काम गर्ने अनुमति उहाँहरुलाई कसले दियो ?’

उनले सरकारको निर्णयबेगर पठनपाठन सञ्चालन भएमा कारवाही गर्ने बताए। ‘उहाँहरुलाई यसरी निर्णय गर्ने अधिकार छैन,’ बरालले भने,‘यदि अटेर गरेमा हामी रोक्छौं।’ तर निजी विद्यालय सञ्चालकहरुले भने अन्यत्र पनि पठनपाठन सञ्चालन हुन थालेकाले स्थानीय सरकारहरुलाई जानकारी गराएर पठनपाठन अघि बढाउने निर्णय गरेका छन्। ‘विद्यालयमा आउने वातावरण बनाउन अब कक्षा सञ्चालन गर्ने गरी निर्णय गरेका हौं’, एनप्याब्सन तनहुँका सह सचिव विश्वास केसीले भने,‘अब कक्षा चलाउँछौं।’

दुवै संस्थाले बैठकपछि गरेको निर्णयमा विद्यालयमा सरसफाई, तापक्रम मापन र स्यानिटाइजरको व्यवस्था गर्ने उल्लेख छ। विद्यालय सञ्चालन गर्ने भने पनि ती संस्थाले स्कूल बस भने केही समय नचलाउने उल्लेख गरेका छन्। ‘केही दिन सामान्य हिसाबले कक्षा चलाउँछौं’, नागिलाले भने,‘त्यसपछि प्राप्त प्रतिक्रियाका आधारमा अघि बढ्छौं।’ तर सरकारले विद्यालय खुलाउन अनुमति नदिइसकेको अवस्थामा भोलि प्रशासनले रोकेमा के गर्ने भन्नेमा भने सञ्चालकहरु द्विविधामा छन्। ‘हामीले गरेको निर्णय स्थानीय सरकार र प्रशासनलाई पनि जानकारी गराउँछौं,’ न्यू मनकामना अंग्रेजी स्कुलका सञ्चालक तिलकबहादुर चौहानले भने,‘सामुहिक निर्णय भएकाले भोली केही समस्या आएमा सल्लाह गरेर अघि बढ्ने कुरा भएको छ।’

जिल्ला सभाले नै विद्यालय खुलाउनका लागि प्रदेश र संघमा अनुरोध गरेकाले आफूहरुलाई पठनपाठन अघि बढाउन बाटो खुलेको उनको दाबी छ। 

भीमादमा टोल टोलमा पठनपाठन

जिल्लाका धेरै तहले पठनपाठन नियमित बनाउनेमा अहिल्यै ठोस निर्णय गरिसकेका छैनन्। तर केहीले पठनपाठन थालेका छन् भने केहीले थाल्नका लागि बाटो खुलाएका छन्। केही दिनअघि बसेको व्यास नगर सभा बैठकले साउन १५ बाट भर्ना र अरु तयारीका लागि विद्यालय खोल्न दिने निर्णय गरेको छ। तर त्योभन्दा अघि बढेर भीमाद नगरपालिकाले भने असार महिनाबाटै विद्यालय सञ्चालनमा ल्याएको छ। ‘हामीले असारबाट नै विद्यालयलाई सक्रिय बनाएका छौं,’ नगर प्रमुख मेखबहादुर थापाले भने,‘विद्यालयमा कक्षा नभए पनि टोल टोलमा गएर कक्षा लिने काम भैरहेको छ।’ 

उनले औपचारिक रुपमा विद्यालयमै कक्षा नचलाए पनि विद्यार्थी भर्ना लिने र समुदायमा गएर पठनपाठन भने चलिरहेको बताए। ‘विद्यालय निष्क्रिय नहोस् र पठनपाठन चलिरहोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने। नगरपालिकाले नियमित रुपमा प्रधानाध्यापकहरुको बैठक पनि गरिरहेको छ। ‘अहिलेसम्म सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं', मेयर थापाले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.