समुदायमा कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन

समुदायमा कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन

कपिलवस्तु : स्वास्थ्य कार्यालयले समुदायमा कोरोना संक्रमणको अवस्था परीक्षणका लागि नमूना स्वाब संकलन कार्य सुरु गरेको छ । जिल्लाको महाराजगंज नगरपालिकामा ७८ जना, यशोधरा गाउँपालिकामा ५४ जना, कृष्णनगर नगरपालिकामा २६ जना, शिवराज नगरपालिकामा ३३ जना, कपिलवस्तु नगरपालिकामा २२ जना र मायादेवी गाउँपालिकामा ३० जनाको नमूना स्वाब संकलनको काम सम्पन्न गरिएको कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालयले बैंक कर्मचारी, मेडिकल पसल संचालक, स्वास्थ्यकर्मी, प्रहरी, व्यवसायीलगायत विभिन्न क्षेत्रका ३ सय व्यक्तिको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

यसरी गरिएको स्वाब संकलनको परीक्षण रिर्पोटपछि मास परीक्षण गर्ने वा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गर्ने निधो गर्छौं, कोरोना फोकल पर्सन थापाले भने, 'कुल परीक्षण गरिएका मध्ये २० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिए मास परीक्षण गर्छौं, २० प्रतिशतभन्दा कम देखिए कन्ट्याक्ट ट्रेसिंगका आधारमा परीक्षण गर्छौं।'

'यो परीक्षणबाट हामीलाई समुदायमा कोरोना संक्रमणको अवस्था के छ भन्ने देखाउँछ, फोकल पर्सन थापाले भने । कोरोना संक्रमण नियन्त्रणमा लागि मुख्य रुपले अपनाउनुपर्ने सामाजिक दुरी, मास्क र सेनिटाइजरको प्रयोगमा भने जिल्लामा निकै कमी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल ७ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ सय ४७ जना निको भएर घर फर्केका छन् । ५१ जनाको उपचार भइरहेको र उपचारमा रहेका सबैको अवस्था भने सामान्य रहेको कोरोना फोकल पर्सन थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.