मास्क लगाएर रक्षा बन्घन

मास्क लगाएर रक्षा बन्घन

तानसेन : कोरोना सक्रमण जोखिमको हुँदाहुँदै पनि पाल्पामा मास्क लगाएर रक्षाबन्धन गरिएका छन्।  हिन्दुहरुको महान पर्व रक्षाबन्धन तथा ताकाधारी बाहुन क्षेत्रीहरुको जनैपूर्णिमा पाल्पामा मास्कसहित धार्मिक विधि अनुसार मनाएका छन्। 

पाल्पामा ब्रह्ममणले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्र द्वारा मन्त्रिएको जनै परिवर्तन गरी रक्षा कवजको रुपमा हात हातमा रक्षा बन्धन गरेका छन।    पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनले आत्माको शुद्धीकरण तथा रक्षाको लागि मन्त्रद्वारा शुद्ध बनाइएको धागोबाट हातको नाडीमा रक्षा बन्धन गरेका छन्। 

तानसेनवासी रक्षा बन्धनको लागि मास्क लगाएरै अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिरमा पुगेका छन्। आजै बाह्रमण पण्डितहरु आ–आफनो ज जमानको घर–घरमा पुगी रक्षा बन्धन गर्ने जजमाानले दक्षिणा, तथा फलफूल दिने परम्परा  रहेको छ। 

आजै ज्वाइँहरु ससुराल पुगी रक्षा बन्धन गरिदिने र  भान्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा रहेको छ। तर यस वर्ष कोभिड सक्रमणको कारण आफन्तकोमा जानेमा केही कमी आएको छ।  यसै गरी तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाधिदिने चलन  रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ। पाल्पामा पनि दिदी बहिनीले दाजुभाइलाई राखी बाधिदिएका छन्।  

यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ। क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरीरमा रोगसँग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.