विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ

रुकुम : रुकुम पश्चिम प्रहरीले विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ परेका छन् । लुकुछिपी विभिन्न गतिविधि गरिरहेको विशेष सूचनाका आधारमा जिल्ला सेक्रेटरी मुसीकोट नगरपालिका-६ घर भएका विप्लव समूहका जिल्ला सेक्रेटरी ३९ वर्षीय हिरामणी रावलसहित अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  

जिल्लाको आठविसकोट नगरपलिका-९ राडीबजारमा लुकिछिपी विभिन्न गतिविधि गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ठगबहादुर केसीले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा जिल्ला कमिटी सदस्य त्रिवेणी गाउँपालिकाका २० वर्षीय घमण्ड महर, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरा, विप्लवका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती रहेको उनले जनाए ।

 
उनीहरुलाई राडी बजारमा रहेको एक होटलको कोठामा विभिन्न विषयमा छलफल गरिरहेको अवस्थामा पक्राउ गरिएका प्रहरीको भनाइ छ । पछिल्लो प्रहरी प्रधान कार्यालयले  फरार अभियुक्त र राज्य विरुद्ध गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न निर्देश दिएपछि प्रहरी सक्रिय भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.