स्थानीय तहमा धमाधम लकडाउन

स्थानीय तहमा धमाधम लकडाउन

इलाम : इलामको सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेका छन्। सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको सूचना जारी गरेको छ।

सूर्योदय नगरपालिका ११ को आइतबारे स्थित घरमा रहेका सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइतबारे बजार क्षेत्र सिल गरेको नगरपालिकाले  पशुपतिनगरमा कार्यरत अर्को सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएपछि सूर्योदयले नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको हो। सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रोपावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्ययनको लागि काठमाण्डौबाट आएको टोलीमा सहभागीमा समेत कोभिड १९ पुष्टि भएपछि सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउनको घोषणा गरेको छ। ‘हाइड्रोपावरको अध्यनको लागि आएका ११ जनाको कोरोना पोजेटिभ आएको खवर पाएपछि एक सातालाई गाउँपालिका क्षेत्र लकडाउन गरेको  सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले जानकारी दिए। गाउँपालिकाले अन्तर तह र वडा जाने बाटो समेत सिल गरेको छ।

हाइड्रोपावरको अध्ययनको लागि आएको टोली इलाम नगरपालिका क्षेत्रको होटल ग्रीन भ्युमा होटलमा समेत बास बसेका थिए।  रोङ गाउँपालिकाले मेची राजमार्ग आसपासको जोरकलस र कुटिडाँडाको पसल बन्द गर्न सूचना जारी गरेको छ। सूचना जारी गरेपनि जोरकलश क्षेत्रमा दैनिक पसल खुल्ने गरेका छन्। विहीबार  इलामको सशस्त्र प्रहरी बल हेड क्वार्टर नम्बर १ का १६ जनालाई कोरोना पुष्टि भएको छ।  हालसम्म इलामका ७६ जना कोरोना संक्रमित भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.