संक्रमितको सम्पर्कमा आएका २ सय ८५ जनाको स्वाब संकलन
कपिलवस्तु : कोरोना भाइरस संक्रमितका घर परिवार तथा सम्पर्कमा आएका करीब २ सय ८५ सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा सदरमुकाम तौलिहवाको बुद्धपद्म माविमा संकलन गरिएको स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोशशाला टेकु पठाइएको स्वास्थ्य कार्यालयलका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
यसरी गरिएको कोरोना परीक्षणको प्राप्त रिर्पोटको आधारमा जिल्लामा समुदायस्तरमा कोरोना परीक्षणको दरलाई बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । सदरमुकाम तौलिहवाका व्यवसायी, मेडिकल संचालक, प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक लगायतमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तुमा समुदायमा कोरोना संक्रमण फैलन सक्ने खतरा बढेको छ ।
स्थानीय प्रशासनले कोरोना संक्रमण समुदायमा फैलन नदिन जिल्लाका अतिआवश्यक सेवा बाहेकका सबै कार्यालय, चियापसल, रेष्टुरेन्ट साउन मसान्त सम्मका लागि बन्द गराएको छ । जिल्लामा हालसम्म ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस !