सप्तरी र सिरहामा कोरोनाका थप १४ संक्रमित थपिए

सप्तरी र सिरहामा कोरोनाका थप १४ संक्रमित थपिए

राजविराज : सप्तरीमा ६ र सिराहा जिल्लामा ८ गरी कुल १४ जना कोरोना संक्रमित थप भएका छन् ।    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका एक संक्रमित थप भइ सो वडामा मात्र संक्रमितको सङ्ख्या ४३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

अस्पतालका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-२ का ४२ वर्षीय, डाकनेश्वरी नगरपालिका-६ का २५ वर्षीय, हनुमाननगर कंकालिनी नगरपालिका- ६ का ३४ वर्षीय, वडा नम्बर ९ का २७ वर्षीय, वडा नम्बर- १० का ३० वर्षीय र वडा नम्बर-१२ का ४५ वर्षीय पुरुष कोरोनाबाट संक्रमित भएका हुन् ।

यो समेत सप्तरीमा कोरोना संक्रमितको संख्या ५८६ पुगेको छ । जसमा ६७ जना महिला छन् भने संक्रमितमध्ये राजविराज-५ का ७३ वर्षीय र रुपनी गाउँपालिका-५ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । 

यसैगरी राजविराजस्थित अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सिरहा जिल्लाको सुखीपुर नगरपालिकाको एकै वडाका सात जनामा कोरोना संक्रमण देखिएको छ ।सुखीपुर नगरपालिका- ९ का २१, २२, २६, २८, २९, ३५ र ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । सोही नगरपालिकाको वडा नम्बर २ मा २५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार यसको पुष्टि गर्ने तयारी गरेको छ । यो समेत सिरहामा कोरोना संक्रमितको संख्या २३३ पुगेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जसमा २१ जना महिला छन् भने संक्रमितमध्ये गोलबजार १२ का २३ वर्षीय पुरुषको मृत्यु भएको छ । 

सप्तरीको राजविराजमा ११२, तिलाठी कोइलाडी गाउँपालिकामा ८९, हनुमाननगर कंकालिनी नगरपालिकामा ६६, बलान बिहुल गाउँपालिकामा ५४, बोदे बर्साइन नगरपालिकामा ४३, छिन्नमस्ता गाउँपालिकामा ३५, राजगढ गाउँपालिकामा २९, डाक्नेश्वरी नगरपालिकामा २७ र सुरुङ्गा नगरपालिकामा २१ जना संक्रमित छन् ।

यस्तै महादेवा गाउँपालिकामा २०, खडक नगरपालिकामा १९, अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १३, तिरहुत गाउँपालिकामा १२, शम्भुनाथ नगरपालिकामा र सप्तकोशी नगरपालिकामा ११-११, रुपनी गाउँपालिकामा ९, बिष्णुपुर गाउँपालिकामा ६ र कञ्चनरुप नगरपालिकामा ५ जना संक्रमित पुष्टि भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.