ढुंगाले लागेर इस्काभेटर चालको मृत्यु
खाँदबारी : संखुवासभाको चिचिला गाउँपालिका-१ गोगुनेमा ढुंगाले लागेर इस्काभेटर चालक ३१ वर्षीय हर्क तामाङको मृत्यु भएको छ । इस्काभेटरसहित चालकलाई मंगलबार दिउँसो १ बजेतिर ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।
किमाथाङ्का-जोगवनी सडकखण्डअन्र्तगत चिचिलामा सडक मर्मतका लागि ढुंगा फुटाउने क्रममा माथिबाट अचानक ढुंगा खस्दा चालक र स्काइभेक्टर किचेको थियो।
मकावनपुरका चालक तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। वानियाँ निर्माण सेवाको इस्काभेटर ढुंगा फुटाउन प्रयोग हुँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस !