सप्तरीमा कोरोनाले थप एक जनाको मृत्यु

सप्तरीमा कोरोनाले थप एक जनाको मृत्यु

राजविराज : कोरोनाबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका–८ घर भई राजविराज नगरपालिका–६ सिरहा रोडमा नयाँ घर बनाई बस्दै आएका ७२ वर्षीय पुरुषको कोरोनाको सङ्क्रमणबाट मङ्गलबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट रिपोर्ट आए लगत्तै राजविराजस्थित आइसोलेशन केन्द्र ल्याउने क्रममा उनको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले जानकारी दिए। चार दिन अघि ज्वरो आएपछि उपचारका लागि आएका उनको र राजविराज नगरपालिका–२ का ३६ वर्षीय उनका ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। दुबै जनाको स्वाब परीक्षणको रिपोर्ट मङ्गलबार साँझ पोजिटिभ आएको छ। रिपोर्ट पोजिटिभ आएपछि ७२ वर्षीय पुरुषलाई एम्बुलेन्समा आइसोलेसन केन्द्र ल्याउने क्रममा बाटोमा मृत्यु भएको डाक्टर झाले बताए। 

डाक्टर झाका अनुसार लामो समयदेखि उनीसँग उपचार गराइरहेका मृतक मुटु र थाइराइड लगायतको समस्यावाट पीडित थिए। योसँगै सप्तरीमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि साउन २० गते राती रुपनी गाउँपालिका– ५ धुरगाउँका ४२ बर्षीय पुरुष (बिन्देश्वर साह) को कोरोनाका कारण मृत्यु भएको थियो। ज्वरो र स्वासप्रस्वासमा समस्या बढेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि धरानस्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। मलेशियाबाट करिब एक महिना अघि आएका उनी घरमा बस्दै आएका थिए। 

त्यसअघि भारतको दिल्ली र दरभंगाबाट १३ दिन अघि आएर घर बसेका राजविराज नगरपालिका– ६ का ७३ वर्षीय  व्यापारीको कोरोनाका कारण साउन १ गते मृत्यु भएको थियो। श्वासप्रश्वास लगायतको समस्या देखिएपछि विराटनगर हुँदै धरान पुर्‍याइएका उनको कोरोनाको रिपोर्ट पोजिटिभ आएको केही घण्टामा मृत्यु भएको थियो।

चिकित्सकमा समेत संक्रमण
अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राजविराजका ३२ वर्षीय एक चिकित्सकमा समेत संक्रमण देखिएको छ। चिकित्सक राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पतालका कन्सल्टेन्ट एनेस्थेसीओलोजिस्ट हुन्। छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायक सिरहा नगरपालिका–१७ का ३३ वर्षीय पुरुषमा साउन २२ गते कोरोना देखिएको थियो। 
रिपोर्ट पोजिटिभ आएका मृतकको ज्वाई भने सप्तरी जिल्ला अदालतमा नायव सुब्बा पदमा कार्यरत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन्। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको यादवले बताए। सप्तरीमा मृतक ३ जनासहित संक्रमित हुनेको सङ्ख्या ५८५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.