सप्तरीमा थप ३१ जनालाई कोरोना, संक्रमितको संख्या ६०० नाघ्यो

सप्तरीमा थप ३१ जनालाई कोरोना, संक्रमितको संख्या ६०० नाघ्यो

राजविराज : संक्रमितहरुको ट्र्याकिङ्ग र ट्रेसिङ्ग गर्दै जाँदा कोरोनाबाट सप्तरीमा एक वर्षीय बालकदेखि ७० वर्षीय जेष्ठ नागरिक समेत पुनः ३१ जना संक्रमित थप भएका छन्। 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको १३९ जनाको परीक्षणअनुसार राजविराजमा २७ जना र रुपनी गाउँपालिकामा ४ जना संक्रमित थप भएका हुन्। सप्तरीमा यो समेत संक्रमित हुनेको सङ्ख्या ६१६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। नयाँ फेला परेका संक्रमितहरुको गत शुक्रबार राजविराजस्थित राजदेबी मावि र रुपनी गाउँपालिकाबाट स्वाब संकलन गरिएको थियो।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित थप भएकोमा रुपनी–५ का १९ र २२ वर्षीया महिला, ६० वर्षीय पुरुष तथा वडा नम्बर ६ का २६ वर्षीय पुरुष रहेका छन्। मलेशियाबाट एक महिनाअघि आएर रुपनी–५ धुरगाउँस्थित घरमै बसेका ४२ वर्षीय पुरुषको साउन २० गते राति मृत्यु भएपछि उनको परिवार र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरिएको थियो।

यसैगरी राजविराज नगरपालिका –२ मा ९ जना, वडा नम्बर–६ मा ८ जना र वडा नम्बर– ७ मा ५ जना संक्रमित थप भएका छन्। राजविराज–२ का २०, ३९, ४३ वर्षीया महिला, २, १२, १४, ३०, ४६ र ५० वर्षीय पुरुष, वडा नम्बर– ६ का ३, १३, २२ र ५२ वर्षीया महिला, १, ५, ३६ र ७० वर्षीय पुरुष, वडा नम्बर ७ का २२, ३५, ४८ वर्षीया महिला तथा ३२ र ५४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

राजविराज वडा नम्बर ४ का ३२ वर्षीय पुरुष,, वडा नम्बर ८ का २५ वर्षीया महिला, वडा नम्बर ९ का १८ वर्षीया महिला, वडा नम्बर १३ का ३५ वर्षीय पुरुष र उमेर नखुलेका राजविराजका एक पुरुषमा समेत संक्रमण देखा परेको छ।
बढी संक्रमित फेला परेको राजविराज नगरपालिका–६ सिरहा रोड बस्ने ७२ वर्षीय पुरुषको कोरोनाको सङ्क्रमणबाट मङ्गलबार राति मृत्यु भएको थियो भने उनका ज्वाई सप्तरी जिल्ला अदालतका नायव सुब्बा राजविराज–२ का ३६ वर्षीय पुरुषमा पनि मङ्गलबार राति कोरोना पुष्टि भएको थियो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पुष्टि गरेका सिरहाका थप १० जना संक्रमितमा सिरहा कारागारका ४ जना बन्दी, लहान प्रहरीको हिरासतमा रहेका ४ जना थुनुवा, ग्लोबल बैंक सिरहा शाखाका १ जना र सिडिओ कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी सिमा सुरक्षा बलका एक जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.