वृद्धवृद्धामा संक्रमण जोखिम भएको भन्दै देवघाटधाम साताका लागि सिल

वृद्धवृद्धामा संक्रमण जोखिम भएको भन्दै देवघाटधाम साताका लागि सिल

दमौली : समुदायमा संक्रमणका घटना सार्वजनिक भएपछि तनहुँको तीर्थस्थल देवघाट धाम रहेको देवघाट ५ क्षेत्रलाई सिल गरिएको छ। तनहुँ प्रशासनमा बसेको जिल्ला संकट बैठकले गाउँपालिकाको सो वडामा अत्यावश्यक र स्वास्थ्यबाहेकका सेवा एक साताका लागि रोक्ने निर्णय गरेको हो। 

गाउँपालिकामा बुधबार संक्रमण पुष्टि भएका मध्ये एक देवघाट क्षेत्र विकास समितिका पदाधिकारी धेरै व्यक्तिको सम्पर्कमा पुगेको र वृद्धाश्रममा पनि पुगेकाले जोखिम फैलन सक्ने भन्दै गाउँपालिकाले वडा कार्यालय सिल गर्नका लागि पत्राचार गरेको थियो। बिहीबार बिहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले एक साताका लागि वडा क्षेत्र सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए। 

वृद्धवृद्धा पनि भएका क्षेत्रमा संक्रमण हुन सक्ने जोखिम देखिएकाले आफूहरुले अवस्था बिग्रन नदिनका लागि पत्राचार गरेको गाउँपालिकाका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकीले बताए। गाउँपालिकाले ती पदाधिकारी र संक्रमित भेटिएका काठमाडौंबाट साता अघि घर आएका युवकको संक्रमणमा आएका ४३ जनाको सम्पर्क पहिचान गरेको छ। उनीहरुको स्वाब संकलन गरेर पठाइने र थप संक्रमणको अवस्थाका आधारमा अरु व्यक्तिको पनि स्वाब संकलन गर्ने तयारी गरिएको बुढाथोकीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.